Websoft University

www.radiomakalu.com || 021-522512


चुनावमा सहभागी हुन मधेेसवादी दललाई प्रधानमन्त्रीको आग्रह

चुनावमा सहभागी हुन मधेेसवादी दललाई प्रधानमन्त्रीको आग्रह
तस्बिर साैजन्यः प्रधानमन्त्रीकाे सचिवालय

                      मधेसवादीसँग पुनः पाँचबजे बैठक बस्नेकाठमाडौं,

 वैशाख ८ गते । प्रधानमन्त्री पुष्पकमल दाहालले मधेसवादी नेताहरुलाई स्थानीय तहको निर्वाचनमा सहभागी हुन मधेसवादी दलहरुलाई आग्रह गर्नुभएको छ ।
सत्तारुढ दल र संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाका नेताहरुको बैठकमा बोल्दै प्रधानमन्त्री दाहालले सरकारद्वारा प्रस्तुत संविधान संशोधन विद्येयकमा सहमति गरेर बैशाख ३१ गते हुने स्थानीय तहको निर्वाचनमा सहभागी हुन मोर्चाका नेताहरुलाई आग्रह गर्नुभएको थियो ।

मोर्चाका नेताहरुले स्थानीय तहको निर्वाचनभन्दा संविधान संशोधनमा मोर्चाको मूख्य चासो भएको बताएका थिए । उनीहरुले सरकारद्धारा प्रस्तुत प्रस्तावमा पूनर्विचार गर्न सरकारसँग आग्रह गरेका छन् । प्रधानमन्त्रीले मोर्चाको प्रस्तावबारे सत्तारुढ दलका नेताहरुसँगको परामर्शपछि पुन बैठक बसेर सहमतिको प्रयास गर्ने बताउनुभयो ।

मधेसवादी दलहरुसँगको दोस्रो बैठक बेलुकी ५ बजे हुने भएको छ । त्यसअघि संविधान संशोधन प्रस्ताव र स्थानीय तहको निर्वाचनमा सहमति जुटाउन दिउँसो ३ बजे सत्तारुढ दल नेपाली कांग्रेस, माओवादी केन्द्र र राष्ट्रिय प्रजातन्त्र पार्टीका नेताहरुको बैठक बस्ने भएको छ ।

बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड', कांग्रेस सभापति शेरबहादुर देउवा, गृहमन्त्री बिमलेन्द्र निधि, कांग्रेस नेताहरु रामचन्द्र पौडेल, सशांक कोइराला, प्रकाशमान सिंह, माओवादी केन्द्रका नेता वर्षामान पुन ‘अनन्त', मोर्चाका नेताहरु महन्त ठाकुर, राजेन्द्र महतो, अशोक राई, राजेन्द्र श्रेष्ठ, अनिलकुमार झा, शरतसिंह भण्डारी, महेन्द्र राय यादव, हृदयेश त्रिपाठी लगायत सहभागी हुनुहुन्थ्यो ।- अन्नपूर्ण बाट

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget