Websoft University

www.radiomakalu.com || 021-522512


चीनसँग संयुक्त सैन्य अभ्यास सुरु



चीनसँग संयुक्त सैन्य अभ्यास सुरु
काठमाडौ  वैशाख ४ गते ।  नेपाली सेना र चिनियाँ जनमुक्ति सेनाको विशेष फौजको आतंकवाद प्रतिकारकेन्द्रित संयुक्त सैन्य तालिम काठमाडौंमा आइतबार सुरु भएको छ । महाराजगन्जस्थित विशेष वाहिनी परिसरमा व्यवस्था तथा युद्धकार्य महानिर्देशकसमेत रहनुभएका उपरथी विनोदकुमार श्रेष्ठले संयुक्त सैन्य तालिमको शुभारम्भ गर्नुभयो । नेपाली सेनासँगको संयुक्त तालिममा सहभागी हुन शनिबार चिनियाँ जनमुक्ति सेनाका कर्णेल याङ सुमेङ नेतृत्वको विशेष फौज काठमाडौं आएको थियो ।
संयुक्त सैन्य तालिम उद्घाटनका क्रममा चिनियाँ जनमुक्ति सेनाका कर्णेल सुमेङले आतंकवादले डरलाग्दो विश्वव्यापी सञ्जाल निर्माण गरिरहेको र त्यस्ता सञ्जाल ध्वस्त पार्नु अहिलेको आवश्यकता भएको बताउनुभयो । जनमुक्ति सेनाका कर्णेल सुमेङको भनाइ उद्धृत गर्दै जंगी अड्डाले जानकारी दिएको छ, ‘नेपाली सेना र चिनियाँ सेनाको विशेष फौजको तालिमले प्रतिआतंकवाद कारबाही क्षमता अभिवृद्धि गर्नेछ ।'
‘सगरमाथा फ्रेन्डसिप' नाम दिइएको संयुक्त सैन्य तालिम १२ वैशाखसम्म चल्नेछ ।
कर्णेल सुमेङले दुवै मुुलुकले प्रतिआतंकवाद क्षमताको विकास गर्नु अपरिहार्य भएको बताउनुभएको थियो । जुलाईमा बंगलादेशमा भएको आतंकवादी आक्रमणपछि चीन पनि आतंकवादसम्बन्धमा गम्भीर भएको छ । विपद् व्यवस्थापनलगायत विषयमा केन्द्रित सैन्य तालिम गर्ने मनस्थिति बनाए पनि चिनियाँ सेनाबाट आतंकवादलाई ध्यानमा राख्दै सैन्य अभ्यास गर्नुपर्ने प्रस्ताव गरेपछि नेपाली सेनाले सहमति जनाएको थियो । ‘सगरमाथा फ्रेन्डसिप' नाम दिइएको सैन्य तालिम १२ वैशाखसम्म हुनेछ । सैनिक प्रवक्ता झंकरबहादुर कडायतले दुवै मुलुकका सेनाको सानो टुकडी तालिममा सहभागी भएको बताउनुभयो ।

प्रवक्ता कडायतले नेपालका तर्फबाट संयुक्त तालिमलाई नेपाली सेनाका कर्णेलले नेतृत्व गरेको बताउनुभए पनि सहभागी सैनिक संख्याबारे बताउनुभएन । नेपाली सेना र चिनियाँ जनमुक्ति सेनाको संयुक्त सैन्य तालिम गर्नेसम्बन्धमा दुवै पक्षबीच केही अन्योल भइरहेका बेला अघिल्लो महिना नेपाल भ्रमणमा आउनुभएका चिनियाँ रक्षामन्त्री जनरल चाङ वान छुवानले दुवै मुलुकको सैन्य अभ्यासको वातावरण सहज बनाउनुभएको थियो ।
चिनियाँ जनमुक्ति सेना र नेपाली सेनाको संयुक्त तालिम रोक्न केही शक्ति राष्ट्रले प्रयत्न गरे पनि चिनियाँ रक्षामन्त्रीको नेपाल भ्रमणपछि संयुक्त तालिम गर्ने वातावरण सहज बनेको रक्षा मन्त्रालयका एक वरिष्ठ अधिकारीले अन्नपूर्णसँग भन्नुभयो ।
चिनियाँ रक्षा मन्त्रालयले पुस १४ गते नै नेपाली सेनासँगको सैन्य तालिम हुने घोषणा गरे पनि नेपाली सेनाले औपचारिक घोषणा गरेको थिएन । संयुक्त सैन्य तालिम सुरु हुने केही दिनअघि मात्र नेपाली सेनाले औपचारिक घोषणा गरेको थियो ।
संयुक्त सैन्य तालिम शुभारम्भ गर्दै उपरथी श्रेष्ठले नेपाली सेना र चिनियाँ जनमुक्ति सेनाबीच पहिलोपटक सञ्चालित संयुक्त सैन्य तालिमले दुवै देशका सेनाको व्यावसायिकता अभिवृद्धि गर्दै दुबै देशका सैनिकबीचको सम्बन्धमा नयाँ आयाम थपिने विश्वास व्यक्त गरेको सैनिक जनसम्पर्क निर्देशनालयले आइतबार निकालेको विज्ञप्तिमा उल्लेख छ ।

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget