Websoft University

www.radiomakalu.com || 021-522512


आइजीपी नियुक्ति विधि संगत ढंगले गरिएको होः प्रधानमन्त्री


आइजीपी नियुक्ति विधि संगत ढंगले गरिएको होः प्रधानमन्त्री
काठमाडौं चैत  २९  गते  ।  प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेपाल प्रहरीको महानिरीक्षक नियुक्ति विधि संगत ढंगबाट गरिएको स्पष्ट पार्नु भएको छ।

मंगलबार बिहान बसेको संसद अन्तर्गतको सुशासन समितिको बैठकमा प्रधानमन्त्री प्रचण्डले प्रकाश अर्याललाई आइजीपीमा नियुक्त गर्ने सरकारको निर्णय विधि संगत ढंगबाट गरिएको बताउनु भएको हो। प्रधानमन्त्रीले भन्नुभयो,‘आइजीपी नियुक्ति राजनीतिक प्रक्रियाबाट प्रेरित छैन। यसमा तपाईँहरु प्रष्ट हुनुस्।’
प्रचण्डले आइजीपी नियुक्ति गर्ने सरकारको कार्यकारीको अधिकारको पनि रक्षा गरिएको बताउनुभयो। उहाँले आउँदा दिनमा आइजीपी नियुक्ति प्रकरणमा राजनीतिक खिचातानीको स्थितिलाई रोक्न मुल्यांकन विधि बनाउने निष्कर्षमा सरकार पुगेको बताउनु भयो। उहाँले भन्नुभयो,‘सरकारको यो प्रतिबद्धता मात्रै होइन। एउटा योजना आउने दिनमा आइजीपी नियुक्ति प्रकरणमा यस खालको राजनीतिक खिचातानीको स्थिति नहोस् भन्नका निम्ति मुल्यांकन विधि नयाँ बनाउने भन्ने समझदारमिा सरकार पुगेको छ। किनकि यो बढी संवेदनशील र महत्वपूर्ण पनि छ।’
प्रधानमन्त्री प्रचण्डले आइजीपी नियुक्तिमा धेरै राजनीतिक चलखेल भए समग्र शान्ति सुरक्षाको प्रक्रियामा नकारात्मक असर पार्ने भएकाले भविष्यमा यसलाई रोक्न मुल्यांकन विधि तयार गर्ने निष्कर्षमा सरकार पुगेको बताउनुभयो। उहाँले भन्नुभयो,‘आइजीपी नियुक्ति राजनीतिक चलखेल भए सुरक्षा व्यवस्थामै नकारात्मक असर पर्छ। धेरै पटक यसको अनुभव गरी पनि सकेका छौं।’-तस्बिरः रजेन्द्र केसी/अन्नपूर्णबाट 

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget