Websoft University

www.radiomakalu.com || 021-522512


चुनाव विश्वसनीय बनाउन निर्देशन


ayudhi p yadav
धुलिखेल, चैत २९ गते ।  प्रमुख निर्वाचन आयुक्त डा. अयोधीप्रसाद यादवले चुनावका समयमा दलका नेतासँग मित्रता नगाँस्न, साँठगाँठ नगर्न र सँगै बसेर भोजभतेर पनि नखान निर्वाचन अधिकृतहरूलाई निर्देशन दिनुभएको छ ।  उहाँले भएको आचारसंहिताको परिधिमा बसेर कर्तव्यपालन गर्न पनि आग्रह गर्नुभयो ।
उहाँले एउटा मतले पनि निर्वाचनमा ठूलो अर्थ राख्ने हुँदा चुनाव स्वच्छ, निष्पक्ष र विश्वसनीय रूपमा सम्पन्न गराउन निर्वाचन अधिकृतलाई आग्रह गर्नुभयो ।  स्थानीय तहको निर्वाचनमा खटिने मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतका लागि आयोजना गरिएको क्षेत्रीय प्रशिक्षण कार्यक्रम सोमबार उद्घाटन गर्नुहुँदै प्रमुख यादवले टे«ड युनियनको झन्डा बोक्नेलाई निर्वाचनको काम नखटाउन पनि निर्देशन दिनुभयो ।
हिमाल, पहाड र मेधस सबैतिर समग्रमा मुलुक निर्वाचनमय बन्दै गएको, मतदाता उत्साहित भएको र दल पनि उम्मेदवार छनोटका लागि क्रियाशील रहेको भन्दै प्रमुख आयुक्त यादवले, राजनीति पनि सन्तुलित हुँदै गएको बताउनुभयो ।  उहाँले मुलुकभर शान्ति सुरक्षाको वातावरण अनुकूल हुँदै गएको बताउँदै निर्वाचनमा खटिने कर्मचारी र मतदाता डराउनुपर्ने अवस्था नभएको बताउनुभयो ।
निर्वाचनको सन्दर्भमा वैदेशिक सहयोगको निर्भरतालाई कम गर्दै आन्तरिक खर्च व्यवस्थापनमा मितव्ययी बन्ने आयोगको स्पष्ट नीति रहेको प्रमुख आयुक्त यादवले बताउनुभयो ।  संविधान कार्यान्वयनको पहिलो खुड्किलोका रूपमा रहेको स्थानीय तहको निर्वाचनमा मतदान गरेर लोकतन्त्र, सङ्घीयता र गणतन्त्रलाई स्थायित्व प्रदान र सुदृढ तुल्याउने अभियानमा जुट्न पनि उहाँले आह्वान गर्नुभयो ।
काभ्रेका प्रमुख जिल्ला अधिकारी शिवप्रसाद सिम्खडाले स्थानीय सरकार गठनका लागि हुन लागेको निर्वाचनमा एकमतको महत्वबारे जिल्लाका मतदातालाई प्रशिक्षित तुल्याउने काम भइरहेको बताउनुभयो ।  उहाँले यस निर्वाचनलाई गाउँमा राजनीतिक दलका उम्मेदवारबीच इज्जत र प्रतिष्ठाको लडाइँका रूपमा हेरिने भएकाले त्यसैअनुरूपको सुरक्षा व्यवस्था मिलाइने बताउनुभयो ।
उच्च सरकारी वकिल कार्यालय पाटनका सहन्यायाधिवक्ता नारायणप्रसाद पौडेलले निर्वाचनमा खटिने कर्मचारीको निष्पक्षताले निर्वाचन आयोगको निष्पक्षतालाई प्रतिविम्ब गर्ने बताउनुभयो ।
निर्वाचन आयोगका सहसचिव नवराज ढकालले मतदाता नामावली, मतदाता परिचयपत्र, मतपत्रको काम कार्यतालिकाअनुसार नै अघि बढिरहेको जानकारी दिनुभयो ।
प्रशिक्षणमा दोलखा, रामेछाप, काभ्रे, रसुवा, नुवाकोट, धादिङ, रौतहट, ललितपुर र काठमाडौँ जिल्लाका १०९ जनाको सहभागिता छ ।  निर्वाचन आयोगले ७४४ वटा स्थानीय तहको निर्वाचनका लागि ७५ जिल्लाका जिल्ला न्यायाधीशलाई मुख्य निर्वाचन अधिकृत तथा न्याय, सरकारी वकिल र प्रशासन सेवाका उपसचिवलाई देशका सात स्थानमा २६ समूहलाई ‘निर्वाचन व्यवस्थापन र सञ्चालन’ सम्बन्धी क्षेत्रीय स्तरका प्रशिक्षण सुरु गरेको छ ।
निर्वाचन अधिकृतका लागि विराटनगर, सिन्धुली, धुलिखेल, पोखरा, हेटौँडा, सुर्खेत र धनगढीमा बेग्लाबेग्लै दुईदिने प्रशिक्षण सुरु गरिएको छ ।  क्षेत्रीय स्तरमा प्रशिक्षण लिएका मुख्य निर्वाचन र निर्वाचन अधिकृतले मतदान अधिकृत र सहायक मतदान अधिकृत गरी ४२ हजारलाई यस्तैखाले प्रशिक्षण दिनेछन् ।
निर्वाचनमा एक लाख २६ हजार कर्मचारी खटिँदैछन् ।  नेपालको संविधानअनुरूप स्थानीय सरकार निर्माणका लागि हुन लागेको पहिलो निर्वाचन मुलुकका चार महानगरपालिका, १३ उपनगरपालिका, २४६ नगरपालिका तथा ४८१ गाउँपालिकामा एउटै समयमा एकै चरणमा हुनेछ ।

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget