त्यसबेला हाम्रो भाग्य, हाम्रै हातबाट फुस्कने छ
विसं २०२७ साउन २९ गते इटुम्बहालमा एउटा आमसभा आयोजना गरियो । पञ्चायती व्यवस्थामा त्यति ठूलो आमसभा सहरको मुटुमा हुन्छ या हुन दिइन्छ भनेर कसैले कल्पना गरेको थिएन । उक्त आमसभामा सूर्यबहादुर थापा, डा. केआई. सिंह, म (प्रकाशचन्द्र लोहनी) रत्नप्रसाद खरेल, वरिष्ठ वकिल कृष्णप्रसाद भण्डारीले भाषण गरेका थिए । देशको चित्रण गर्दै त्यसबेला मैले भनेको थिएँ ।
लथालिंग देशको भताभुंग चाला
जस जसले सक्ला उसले खाला
यो भाषण गरेबापत म त्यसैरात, राती १२ बजे अरू तीन व्यक्तिसहित पक्राउ परी १७ महिना नख्खु जेलमा बसें । खुसीको कुरो के छ भने आज यस्तै आलोचना गर्दा पनि नख्खु जेल जान पर्दैन, तर देशको स्थिति भने २०२७ सालमा चित्रण गरेको भन्दा पनि बिग्रिएर गएको छ ।
सरकार लथालिंग
प्रधानमन्त्री पुष्पकमल दाहाल चीन जानुभयो । उहाँ उड्ने एक दिनअघि दिउँसो मलाई प्रधानमन्त्री निवासमा ३ बजे चीन भ्रमणबारे छलफल गर्न आउन भनियो । प्रधानमन्त्रीको चीन भ्रमण सफल पार्न हामी सबैले मद्दत गर्नुपर्छ भन्ने भावनाले म पनि प्रेरित भएँ । तर जुन दिन उहाँ चीन जाने हो त्यही दिन बिहान बोलाएको थाहा पाएपछि मेरो प्रश्न थियो, यो सल्लाहको नाटक किन ? यथार्थमा उहाँलाई कसैको रायसल्लाह चाहिने कुरै रहेनछ, किनभने चीनसँगको भेटघाटमा हात मिलाउने भन्दा कुनै एजेन्डा रहेनछ ।

डा.प्रकाशचन्द्र लोहनी
त्यसैले भ्रमणको एजेन्डा मन्त्रिपरिषद्मा पेस पनि भएन एजेन्डाबिनाका नेपाली प्रधानमन्त्रीसँग भेट्ने औचित्य नदेखेर होला चिनियाँ प्रधानमन्त्री हाम्रो प्रधानमन्त्री चीन पुग्ने एक दिनअगाडि देशबाहिरको भ्रमणमा हिँडे । कुरा यतिमै सकिएन । प्रधानमन्त्रीको भ्रमणले के प्रमाणित गर्यो भने नेपालका प्रधानमन्त्रीलाई कुनै कानुन लाग्दैन । निर्वाचन आयोगले चुनाव घोषणा गरेपछि विदेश भ्रमण गर्न नपाइने आचारसंहितालाई पनि उनले ठाडै कुल्चिए ।
अर्को घटना हेरौं । एउटा प्रधानमन्त्रीलाई दिएको निवेदनको भरमा यो देशले पँजीगत लाभकरबापत पाउनुपर्ने ३५ अर्ब रुपैयाँ गुमाउने खालको प्रस्ताव मौखिक रूपमा अर्थमन्त्रीले पेस गरेको भनी राष्ट्रिय छापाहरूमा देखियो । शासनको आडमा यो जनतामारा प्रवृत्तिको व्यापक विरोध भयो । यसको जवाफको रूपमा अर्थमन्त्रीको अनौठो जवाफ आयो । उनले आफूले प्रस्ताव नलगेको, तर प्रधानमन्त्रीबाटै प्रस्ताव आएको भनी अर्थमन्त्रीले प्रधानमन्त्रीलाई दोषी देखाए । यथार्थ के हो र सरकारी यन्त्र किन यत्रो राजस्व छलिमा किन निष्कृय रह्यो भन्ने कतैबाट उत्तर छैन, किनभने देशमा आज सत्तामा रहेर जे गरे पनि छुट छ ।
प्रश्न गर्ने स्वतन्त्र मिडिया छ, तर कानुनको शासन छैन । त्यसैले एनसेलको सेयर काण्डमा हाल र त्योभन्दाअगाडि भएका अर्बौंको खरिदबिक्रीबाट पनि आउने पुँजीगत लाभकर अर्थात जनताको सम्पत्ति लुटिएको छ । तर यो किन र कसरी भयो र गुम्न लागेको राजस्व कसरी उठाउने भन्नेबारे कसैलाई चासो छैन । सामान्य नागरिकले एक लाख हालेर किनेको आफ्नो जग्गा दुई लाखमा बेच्दा त्यसमा फाइदा भए सरकारले त्यो लाभमा कर लिन्छ, तर खर्बभन्दा बढीको बेचबिखनमा भएको अर्बौंको लाभ रकम नउठाएर आँखा चिम्लेको छ । अब विचार गरौं यत्रो लथालिंग लुटतन्त्र कहिलेसम्म राखिरहने ?
लथालिंग, तन्त्र र लुटतन्त्रका दुई खास चरण देखा पर्छन् । पहिलो चरणमा सत्तामा बस्नेहरूले सुशासन कायम गर्ने प्रयासलाई व्यावहारिक रूपमा छोडिदिन्छन् र जति दिन चल्छ त्यति दिन लुट भन्ने संस्कारलाई आफ्नो अस्तित्वका लागि आवश्यक सम्झन पुग्छन् । यो चरणमा पुगेको सरकारले एक किसिमले लाज पचेको मान्छेजस्तो हुन्छ । साउनको झरीमा मकैबारीमा पसेको साँढेलाई लौराले हाने पनि उसले मकै खान छोड्दैन । त्यस्तै अधोगतिको यो चरणमा पुगेको सरकारलाई सुशासन बेकारको शब्द हो, सत्तालाई मौकामा चौका हान्नुपर्ने सम्भावना बोकेको यस संरचनाका लागि साधनस्रोतको सदुपयोग भन्ने मान्यताको कुनै अर्थ रहँदैन । त्यसैले आर्थिक वर्षको आधा समय बितिसक्दा पनि बजेट खर्च नहुनु कुनै चासोको विषय बन्दैन ।
सर्वहारा र सर्वशोषक
लुटतन्त्रको दोस्रो चरणमा राज्यसञ्चालन युद्ध सरदारको शैलीमा पुग्छ । सौभाग्यवश अहिलेसम्म नेपाल त्यो स्थितिमा पुगेको छैन । तर अनुशासनहीन नेतृत्व अनुशासनहीन चिन्तन र अनुशासनहीन कार्यक्रम वर्तमान सत्ताधारीहरूको चरित्र भएको छ । एउटा मन्त्री जुलुस लिएर सडकमा जाने र अर्को मन्त्री त्यही जुलुसमाथि दमन गर्ने मान्यता अब सामान्य भएको छ । महिनौंसम्म प्रहरी संगठन नेतृत्वविहीन छ।
यसले प्रहरीको मनोबलमा र कार्यकुशलतामा के असर परेको होला भन्ने चिन्तन कहीं छैन । खालि मेरो मान्छेलाई कसरी ल्याउने भन्ने रस्साकस्सीमा प्रहरी संगठनको स्वार्थ हराएको छ । नेपाल सरकार राजदूत नियुक्ति गर्छ, तर को राजदूत हँदैछ भन्नेबारे परराष्ट्र मन्त्रालय बेखबर रहन्छ । यी घटनाहरू सरकारी नेतृत्व चिन्तन र कार्यक्रममा देखिएका अनुशासनहीनताका उदाहरण मात्र हुन्।
नेतृत्व चिन्तन र कार्यक्रममा देखिएको अनुशासनहीनताको बढ्दो प्रकोपले राज्यलाई दुर्बल बनाउँदै लगेको छ भने सकारात्मक योगदान गर्न खोज्ने प्रयासहरूलाई हतोत्साहित गरेको छ । दुर्बल हँदै गएको राज्य कमजोर मानिस जस्तै हो । शरीरभित्र र बाहिरबाट आउने नकारात्मक शक्तिलाई प्रतिरोध गर्ने यसको क्षमता घटेर गइरहेको हुन्छ।
सामान्यतया स्थिरताभित्रको गतिशीलतालाई संस्थागत गरेर अगाडि बढ्नु भनेको विपरीत तत्ववहरूबीचको सन्तुलन न्यून गर्न हो । राज्य व्यवस्थाका दुर्बल पक्ष र सबल पक्षबीच जनताको चाहना र आकांक्षाको परिवेशमा निरन्तर संघर्ष कायम रहन्छ । यो कसैले रोक्न खोजेर पनि रोकिँदैन । राजनीति होस् या प्रशासन एकातिर ध्रुवीकरण र अनुशासनहीनताका शक्तिहरू कायम रहन्छन् भने अर्कोतिर एकीकरण र कार्यकुशलताउन्मुख शक्तिहरू पनि रहेका हुन्छन्।
हाम्रो देशको समस्या हामी आफैंले समाधान गर्नुपर्छ । अनुशासनहीन नेतृत्व, चिन्तन र कार्यक्रमको संरचनालाई हामीले नियन्त्रण गर्न सकेनौं भने नेपाली राज्य अग्रगामी सन्तुलनको सट्टा अधोगतिको असन्तुलमा फस्ने छ । त्यसबेला हाम्रो भाग्य हाम्रो हातबाट फुस्कने छ ।
यी दुईबीचको निरन्तर संघर्षमा कायम हुन जाने सन्तुलन समाज विकासको क्रममा या त यथास्थितिवादी हुन्छन् या अग्रगामी । हाम्रो इतिहासमा जहानिया शासन यथास्थितिवादी सन्तुलनको उदाहरण थियो । त्यसपछिका चिन्तनले यो सन्तुलनलाई हल्लाइदियो र नयाँ सन्तुलनको बाटोमा राष्ट्र रहेको छ । तर यो नयाँ सन्तुलन जनताका लागि अग्रगामी हुनेछ या अराजक भन्ने प्रश्न तेजिलो भाषण या ‘क्रान्तिकारी उदघोष’ ले मात्र निराकरण गर्दैन ।
यसको लागि नेतृत्व चिन्तन र कार्यक्रमको शृंखलालाई परिभाषित गर्ने अनुशासन मूल कडीको रूपमा रहन्छ । यही दृष्टिकोण अपनाउन नसक्दा माओसेतुङले गरेको सांस्कृतिक क्रान्तिले चीनको राज्य व्यवस्थालाई एक समय झन्डै धराशायी बनाएको थियो । यथार्थताको ठोस विश्लेषण गर्नुपर्ने माक्र्सवादी सिद्धान्त बोकेका माओले आफू स्वयंले देशभित्र चिन्तन कार्यक्रम र नेतृत्व शैलीलाई पूरै अनुशासनहीन बाटोमा हाँकिदिए । यसैकारण दस वर्षसम्म चीन अनुशासनहीन देश भयो । लाखौं मानिस भोकमरीको चपेटामा परेर मरे । अर्थतन्त्र तहसनहस भयो । माओले सुरु गरेको अराजकता देङको उदयपश्चात मात्र चीनमा अनुशासनहीनता रोकी यो सामाजिक र आर्थिक सन्तुलनको सुरुवात भयो ।
अब कस्तो सन्तुलन
माओको चीनभन्दा नेपालको परिवेश फरक छ, तर नेतृत्व चिन्तन र कार्यक्रममा देखिएको अनुशासनहीनताको शृंखला उस्तै छ । देशको आजको नेतृत्व अराजक छ । यो कुनै सिद्धान्तबाट निर्देशित छैन । भाषणमा सर्वहारा वर्गको हिमायती भने पनि व्यवहारमा यसले आफूलाई सर्वशोषण वर्गमा परिणत गरिसकेको छ ।
आफ्नो सैद्धान्तिक धरातल सर्वहारा वर्गबाट सर्वशोषण वर्गमा रुपान्तरित हुँदै गएको यथार्थलाई आज देशको नेतृत्व स्वीकार गर्न तयार छैन । त्यसकारण रूप सर्वहाराको र सार सर्वशोषण वर्गमा रुपान्तरित हुँदै गएको यथार्थलाई आज देशको नेतृत्व स्वीकार गर्न तयार छैन । रूप सर्वहाराको र सार सर्वशोषकको बीचको बढ्दो अन्तरविरोध अनुशासनहीन चिन्तन र कार्यक्रममा निरन्तर प्रतिविम्बित हुँदै गएको छ । बढ्दै गएको यो अन्तरविरोधसँग आमने-सामने भएर याथार्थलाई बुझ्ने क्षमता आजको नेतृत्व वर्गले गुमाउँदै गएको छ ।
नेपाली शासन संरचनामा देखिएको यो अन्तरविरोधको समाधान नेपालीहरूले नै गर्न सक्नुपर्छ । यसका लागि देशभक्तिमा अडेको राष्ट्रवादी चिन्तन पहिलो आवश्यकता हो । अब यो सर्वहाराको नाममा सर्वशोषणको शृंखलाको विरुद्ध सशक्त आवाज उठाउन सक्ने शक्तिको सिर्जना गर्नु अनिवार्य भएको छ । एकीकृत राष्ट्रिय प्रजातन्त्र पार्टी (राष्ट्रवादी)को नयाँ सिर्जना यो नयाँ अभियानको एउटा अंग हो । यस्ता प्रयास अब राजनीतिमा मात्र नभएर देशको अन्य क्षेत्रहरूमा पनि अगाडि बढाउनु देशको अगाडिको चुनौती हो ।
यथार्थता के छ भने हाम्रो देशको समस्या हामी आफैंले समाधान गर्नुपर्छ । अनुशासनहीन नेतृत्व, चिन्तन र कार्यक्रमको संरचनालाई हामीले नियन्त्रण गर्न सकेनौं भने नेपाली राज्य अग्रगामी सन्तुलनको सट्टा अधोगतिको असन्तुलमा फस्ने छ । त्यसबेला हाम्रो भाग्य हाम्रो हातबाट फुस्कने छ ।
—लोहनी एकीकृत राप्रपा (राष्ट्रवादी) का अध्यक्ष हुन् ।

Post a Comment