Websoft University

www.radiomakalu.com || 021-522512


चीन भ्रमणको ब्रिफिङ सुनाउन नेताहरुलाई बोलाए प्रधानमन्त्रीले

चीन भ्रमणको ब्रिफिङ सुनाउन नेताहरुलाई बोलाए प्रधानमन्त्रीले

काठमाडौं चैत २४ गते । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफनो एक साता लामो चीन भ्रमणको जानकारी गराउन आफनो पार्टीका शिर्ष नेताहरुलाई बिहिबार आफनै सरकारी निवास बालुवाटारमा बोलाएका छन ।
प्रधानमन्त्री प्रचण्ड चिनिया राष्ट्रपति सी जिनपिङ र अन्य चिनिया नेताहरुसँग गरेको भेटवार्ता गरी चैत १६ गते स्वदेश फर्किएका थिए । प्रधानमन्त्री प्रचण्डले आफनो चीन भ्रमण उपलब्धीपूर्ण भएको दावी गर्दै आएका छन ।
नेकपा माओवादी केन्द्रका ३४ जना नेताहरुलाई आफूले गरेको चीन भ्रमणका बारेमा जानकारी गराउन प्रधानमन्त्री प्रचण्डले अपरान्ह ३ बजे बोलाएका हुन । माओवादी केन्द्रको केन्द्रीय कार्यालयमा रहेका कतिपय नेताहरु काठमाडौ बाहिर रहेका कारण उनीहरु बैठकमा सहभागी हुने छैनन ।
चीन भ्रमणको ब्रिफिङ,निर्वाचनसँग सम्बन्धित बिषय,संयुक्त लोकतान्त्रिक मधेशी मोर्चासँग को सहमतिका लागि भइरहेका प्रयास र अन्य समसायिक राजनीतिक विषयमा छलफल गर्न बैठक बोलाइएको केन्द्रीय कार्यालयका सदस्य मणि थापाले जानकारी दिए ।- अन्नपूर्ण बाट

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget