Websoft University

www.radiomakalu.com || 021-522512


गोरखापत्र राष्ट्रिय पत्रकारिता पुरस्कार खरेललाई दिइने

p kharel

काठमाडौंँ, वैशाख १५ गते ।  यस वर्षको गोरखापत्र राष्ट्रिय पत्रकारिता पुरस्कार वरिष्ठ पत्रकार एवं प्राध्यापक पी (परशुराम) खरेललाई प्रदान गरिने भएको छ ।  बिहीबार बसेको पुरस्कार छनोट उपसमितिले प्राध्यापक खरेललाई  २०७४ सालको पुरस्कार प्रदान गर्ने निर्णय गरेको हो ।  पत्रकारका गुरुका रूपमा चिनिनुहुने उहाँ आमसञ्चार र पत्रकारिताका झन्डै दुई दर्जन कृतिका सर्जक हुनुहुन्छ ।
वि.सं. २००९ मा नुवाकोट (मामाघर)मा जन्मनुभएका खरेलले गोरखापत्रको अङ्ग्रेजी सहप्रकाशन दी राइजिङ नेपालको उपसम्पादक पदमा २०३० सालमा स्थायी नियुक्त भई दुई दशकभन्दा बढी पत्रकारिता सेवामा बिताउनुभयो ।  त्यस क्रममा उहाँले २०५१ देखि २०५३ सम्म दी राइजिङ नेपालको प्रधानसम्पादकको जिम्मेवारी पूरा गर्नुभएको थियो ।
उहाँले २०४६ सालमा भारतको दिल्लीमा बसेर गोरखापत्रका प्रकाशनका लागि पूर्णकालीन संवाददाताका रूपमा पनि काम गर्नुभएको थियो ।  प्राध्यापक खरेलले दी राइजिङ नेपालको साप्ताहिक सहप्रकाशन सन्डे डिस्प्याचको सम्पादकको जिम्मेवारी पनि निर्वाह गर्नुभयो ।  
दी राइजिङ नेपालमा कार्यरत रहँदा नै उहाँले त्रिभुवन विश्वविद्यालय (त्रिवि)मा करार सेवामा पत्रकारिताको अध्यापन थाल्नुभएको थियो ।  वि.सं. २०३६ मा त्रिविमा पत्रकारिता विषयमा स्नातक तहको पढाइ सुरु हुनुमा उहाँको विशेष योगदान छ ।   खुला प्रतिस्पर्धाबाट पत्रकारिताको पहिलो प्राध्यापक हुँदै त्रिवि पत्रकारिता विभागको विभागीय प्रमुखको लामो जिम्मेवारी सम्हालेर सेवानिवृत्त हुनुभए पनि उहाँले प्राध्यापनलाई निरन्तरता दिइरहनुभएको छ ।
नेपाल प्रेस इन्स्टिच्युटमा पनि स्थापनाकालदेखि सक्रिय रहँदै आउनुभएका उहाँ वि.सं. २०६६ मा त्यसको अध्यक्ष हुनुभयो ।  प्रा. खरेलले छोटो समयका लागि राष्ट्रिय समाचार समितिमा अध्यक्षको जिम्मेवारी पनि सम्हाल्नुभएको थियो ।  
गोरखापत्रका महाप्रबन्धक सुशील कोइरालाको संयोजकत्वमा गठन भएको पुरस्कार छनोट उपसमितिका सदस्यहरूमा गत वर्ष सोही पुरस्कारबाट पुरस्कृत हुनुभएका वरिष्ठ पत्रकार ध्रुवहरि अधिकारी र नेपाल पत्रकार महासङ्घका अध्यक्ष डा. महेन्द्र विष्ट र सदस्यसचिवमा गोरखापत्र दैनिकका निमित्त प्रधान सम्पादक निर्मलकुमार आचार्य रहनुभएको छ ।  पुरस्कारको राशि ५५ हजार रुपियाँ रहेको छ । -  गोरखापत्र बाट 

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget