Websoft University

www.radiomakalu.com || 021-522512


रूख ढालेर गाेलिया बनाउदा तेह्रथुममा एककाे मृत्यु : सात पक्राउ


रूख ढालेर गाेलिया बनाउदा तेह्रथुममा एककाे मृत्यु : सात पक्राउ
तेह्रथुम, वैशाख १५ गते । गोलियाका लागि काटेको रूखको मुढाले लागेर तेह्रथुुममा एकजनाको मृत्यु भएको छ । खोरुङ्गा खोलामा माछा मार्दै गर्दा बिहीबार बिहान माथिबाट पल्टाइएको मुढाले लाग्दा मेन्छ्यायेम गाउँपालिका–४ साबिक मोराहाङ–६ का ४० वर्षीय चन्द्रबहादुर नेपालीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक वासुदेव यादवले बताउनुभयो ।

प्रहरीले गोलिया पल्टाउँदै गरेका सातजनालाई पक्राउ गरी अनुसन्धान थालेको छ । प्रहरीले स्थानीयवासी सुवास तामाङ, पुष्प तामाङ, टेकबहादुर भुजेल, टीकाराम प्याकुरेल, मानबहादुर भुजेल, बिजुलीबहादुर तामाङ र श्यामबहादुर तामाङलाई पक्राउ गरेको हो ।

मृतक नेपालीको शवपरीक्षणका लागि जिल्ला अस्पताल ल्याइएको छ । गत साता मात्रै गोलियाका लागि ढालेको रूखले किचेर खाम्लालुङमा दुईजनाको ज्यान गएको थियो ।- पुर्बेलीन्युज बाट

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget