Websoft University

www.radiomakalu.com || 021-522512


राप्रपा जिल्ला विस्तारित बैठक गर्न निर्देशन


राप्रपा जिल्ला विस्तारित बैठक गर्न निर्देशन
काठमाडौँ, चैत ६ गते  । राष्ट्रिय प्रजातन्त्र पार्टीले स्थानीय तहको चुनावलाई दृष्टिकोण गरी केन्द्रीय नेतृत्वलाई सम्बन्धित जिल्लामा यही चैत १० गतेभित्र जिल्ला कार्य समितिको विस्तारित बैठक सम्पन्न गर्न निर्देशन दिएको छ ।

नयाँ संविधानअनुसार पार्टीको स्थानीय तहका सबै एकाइ समायोजन गरी राजनीतिक गतिविधि सञ्चालन गर्न केन्द्रीय नेता तथा काठमाडौँ उपत्यका बाहिरका केन्द्रीय सदस्यलाई काठमाडौँ छाड्न पार्टीले निर्देशन दिएको नेता राजाराम श्रेष्ठले जानकारी दिनुभयो । केही जिल्लामा सोमबारदेखि विस्तारित बैठक सुरु हुने छन् ।

पार्टीमा अहिले पदाधिकारी तथा केन्द्रीय सदस्य करिब सय जना हुनुहुन्छ । ती नेताले काठमाडौँ उपत्यका बाहिर जाने र देशैभर ‘जनताको माझमा राप्रपा र स्थानीय चुनावसम्बन्धी कार्यक्रम’ सञ्चालन गरी स्थानीय तहको चुनावका बारेमा बुझाउने छन् । रासस

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget