Websoft University

www.radiomakalu.com || 021-522512


थवाङमा काँग्रेसलाई स्वागत

थवाङमा काँग्रेसलाई स्वागत

रोल्पा,  चैत ६ गते  । माओवादी जनयुद्धको उद्गमस्थल रोल्पाको थवाङमा नेपाली कांग्रेस रोल्पाको नेतृत्व पहिलोपटक पुग्दा आइतबार स्थानीयवासीले स्वागत गरेका छन् । विगतमा माओवादी इतर राजनीतिक दलको उपस्थिति शून्य रहँदै आएको थवाङमा नेपाली कांग्रेस, रोल्पालाई पहिलोपटक बाजागाजा र फूलमालासहित थवाङ प्रवेश गराइएको हो ।


 विसं २०६४ को संविधानसभा निर्वाचनमा सबै मत वर्तमान प्रधानमन्त्री पुष्पकमल दाहाललाई दिएको थवाङले २०७० सालको दोस्रो संविधानसभाको निर्वाचनमा भने शून्य मतदान गरेको थियो । थवाङमा रहेका स्थानीय राजनीतिक दल र सर्वसाधारणसँग अन्तक्र्रिया गरी नेपाली कांग्रेस रोल्पाले थवाङको विकासका बारेमा छलफल गरेको थियो ।

थवाङी जनताले विगत लामो समयदेखि उठान गर्दै आएको विकास गतिविधिमा अगुवाइ गरिदिन पनि कांग्रेसलाई स्थानीय बासिन्दाले आग्रह गरेको कांग्रेस, रोल्पाका सभापति अमरसिं पुनले बताउनुभयो ।

नेपाली कांग्रेसको अगुवाइमा थवाङ विकास गुरुयोजना तथा जलजला पर्यटन विकास गुरुयोजना बनाउने कांग्रेस रोल्पाले प्रतिबद्धतासमेत जाहेर गरेको छ । हरेक महिनाको ५ गते जिल्ला सदरमुकाम बाहिर घुम्ती बैठक बस्दै आएको कांग्रेस, रोल्पाले यसपटकको बैठक थवाङमा राखेको थियो । रासस

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget