Websoft University

www.radiomakalu.com || 021-522512


यातायातमा नयाँ आयाम : पालो उड्ने कारको

यातायातमा नयाँ आयाम : पालो उड्ने कारको



काठमाडौं । दुबईमा हावामा उड्ने कारको सफल परीक्षण गरिएको छ । एक सीट क्षमताको यो कारलाई आधा घण्टा रिचार्ज गर्दा ५० किलोमिटरसम्म उडाउन सकिने बताइएको छ । उक्त कार कार चीनको एक कम्पनीले निर्माण गरेको हो ।

यो कारले ३ सय मिटरको उचाइमा उडान गर्छ । १ घण्टामा यसले १ सय किलोमिटरको यात्रा पार गर्ने बताइएको छ । यसैगरी अमेरिकन कम्पनी टेराफ्युजिया टीएफएक्स पनि जमीनमा गुड्ने र आकाशमा उडाउन मिल्ने कारको निर्माणमा लागिपरेको छ ।

कम्पनीले उक्त उड्ने कार को नमूना पठाएको भए पनि बजारमा यो कार आउन भने अझै करीब ८ देखि १० वर्ष लाग्ने बताइएको छ । जमीनमा यस कारको गति ३ सय २२ किमी प्रतिघण्टा हुने र आकाशमा ८ सय २२ किमी प्रतिघण्टा हुने प्रक्षेपण गरिएको छ ।

मेसाच्युसेट्स नामक कम्पनीले यसभन्दा पहिले पनि दुई सीटको यस्तै कार तयार पारिसकेको छ । ट्राञ्जिशन नाम गरेको यो कार चाँडै नै बजारमा उपलब्ध हुने बताइएको छ । त्यस्तै, डच कार निर्माता कम्पनी पाल–भी लिबर्टीले पनि विश्वकै पहिलो व्यावसायिक फ्लाइङ कार ‘पाल–भी लिबर्टी’ तयार गरेको छ । पाल–भी लिबर्टी विश्वकै पहिलो उड्ने कार निर्माता कम्पनी हो । यो कारमा एकपटक दुईजना व्यक्ति बस्न सक्छन् । यो कारले एभिएशन तथा मोबिलिटीको इतिहासमा निर्णायक सावित हुने कम्पनीको दाबी छ । यो कार १ सय ७९ किलोमिटर प्रतिघण्टाको गतिमा उड्न सक्छ ।

कम्पनीले पायोनियर र स्पोर्ट गरी दुई भर्शनका कार बजारमा ल्याउने बताएको छ । पायोनियर भर्शनको मूल्य ४ लाख २५ हजार यूरो हुनेछ । कम्पनीले यही रकममा उडान तालीम पनि उपलब्ध गराउने उल्लेख छ ।

कम्पनीका अनुसार सन् २०१८ देखि यो कारको डेलिभरी शुरू हुनेछ । कारको सीटमा बसेर अगाडिको स्क्रिनमा दिइएको निर्देशनअनुसार यसलाई चलाउनुपर्ने बताइएको छ । यसलाई एउटा कण्ट्रोल रूमको सहयोगले नियन्त्रण गर्न सकिन्छ । हाल यसले १५ किलोमिटरको उडान गर्न सकेको छ । खाली अवस्थामा यसको वजन ६ सय ६४ किलोग्राम छ ।

कारमा १ सय लिटर पेट्रोल स्टोर गर्न मिल्नेगरी ट्याङ्क बनाइएको छ । २ सय ३० हर्सपावरको शक्तिशाली फोर सिलिण्डर इञ्जिनयुक्त यो कारले प्रति १ सय किलोमिटरको यात्रामा साढे ७ लिटर पेट्रोल खर्च खपत गर्छ । यसको माइलेज लगभग ११ किलोमिटर प्रतिलिटर छ । यो अधिकतम ३५ सय मिटरको उचाइमा उड्ने बताइएको छ ।

लिबर्टी उड्ने कारको बुकिङ शुरू भइरहेको छ । यसको पहिलो हस्तान्तरण सन् २०१८ को अन्त्यसम्ममा पूरा हुनेछ । पाल भीका सीईओकाअनुसार यो वर्षौंको मेहनतले प्राविधिक बाधा हटाउँदै उड्ने कार बनाइएको हो । यो कार सबै सुरक्षा मापदण्डमा सफल भइसकेको बताइएको छ ।

यो कारमा तीनओटा चक्का राखिएका छन्, जसले आकाशमा उड्दा दुईजनालाई उडाउन सक्छ । यो निकै स्टाइलिश छ भने यसलाई कारबाट उड्ने जाइरोकप्टरको रूपमा परिवर्तन गर्न करीब १० मिनेट लाग्ने बताइएको छ । यो कारका पङ्खा सडकमा गुड्दा खुम्चिएर कारको रूपमा आउँछन् ।

कार हावामा १ सय १२ माइल प्रतिघण्टाको गतिमा उड्न तथा जमीनमा १ सय १० माइल प्रतिघण्टाको गतिमा गुड्न सक्छ । यो कार चलाउन भने कार चालकको लाइसेन्स मात्र भएर पुग्दैन, पाइलटको लाइसेन्स पनि हुनुपर्नेछ । तर, जाइरो प्लेन लाइसेन्स लिनका लागि भने व्यक्तिको क्षमताको आधारमा ३० देखि ४० घण्टाको तालीमपछि सहजै लाइसेन्स पाइने कम्पनीले उल्लेख गरेको छ । सडकमा गुडिरहेका बेला जाममा परेका समयमा कारको फ्लाइङ बटन’ थिचेर कारलाई उडाउन मिल्नेगरी डिजाइन गरिएको छ ।

यसैगरी गुगलका सहसंस्थापक ल्यारी पेजले उड्ने कार बनाउन कम्मर कसेका छन् । ब्लुम्बर्गका अनुसार उड्ने कारको प्रविधि विकास गर्न तम्सिएका दुई कम्पनीलाई पेजले १० करोड डलर आर्थिक सहायता गरेका छन् । क्यालिफोर्नियामा रहेका जी डट एरो र किट्टी हक नामक दुई प्रतिस्पर्धी कम्पनीहरूलाई पेजले व्यक्तिगत रूपमा मोटो रकम सहयोग गरेको बताइएको छ ।

जी डट एरो कम्पनी सन् २०१० मा स्थापना भएको हो । यसले उड्ने कारजस्तै सीधै उडान र अवतरण गर्न सक्ने विद्युतीय जहाजको निर्माण गरिरहेको छ । त्यस्तै, उड्ने कार बनाउन कम्मर कसेको अर्को कम्पनी किट्टी हक गतवर्ष स्थापित भएको थियो । यसको मुख्यालय पनि गुगलको नजिकै छ । यो कम्पनीका संस्थापक चाहिँ गुगलको स्वचालित कार विभागका प्रमुख तथा गुगल एक्स विभागका संस्थापक सेबाष्टियन थ्रन हुन् ।

स्लोभाकियाको एरोमिल नामक कम्पनीले उत्पादन गरेको उड्ने कारको नाम रोडष्टार नाम राखिएको छ । यो कार आफैले उडाउन र आफैले गाडी झैं हाँक्न सकिने खालको छ । यसमा दुईजना बस्ने सीट राखिएको छ ।

एरोमोबिल कम्पनीले गतवर्षको मार्चको दोस्रो साता अमेरिकाको टेक्सासस्थित अस्टिनमा पत्रकार सम्मेलन गरेर यो जानकारी दिएको थियो । महँगा कार किन्न रुचाउने कार पारखी र आकाशमा उड्न रुचाउने शौखीनहरूलाई लक्षित गरेर यस्तो कार निर्माण गरेको कम्पनीले उल्लेख गरेको छ । यो कारलाई करीब ७ सय किमी उडाउन सकिन्छ । यसलाई पेट्रोलबाटै चल्छ । यसमा अटो पाइलटिङको व्यवस्था हुन्छ । प्यारासुटसमेत जडान गरिएको हुनाले यदि पाइलट बिरामी भएमा यो स्वतःस्फूर्त तल झर्छ । केही बिग्रियो भने कोही पनि हाम्फाल्नु पर्दैन । यो रोडष्टारले कहाँ उत्रिने भनेर पत्ता लगाउन सक्छ । यसलाई अवतरण गर्न विशेष ठाउँ चाहिँदैन, घाँसमै पनि ओर्लिन सक्छ ।

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget