Websoft University

www.radiomakalu.com || 021-522512


बिस्कुटको लेदो छ्यापेर सम्साँझै लुटियो २ लाख र गहना

Image result for lahan

लहान , फागुन २१ गते ।  सिरहाको लहान नगरपालिका ३ मा पर्ने ठाडी बस स्टेण्डबाट एक व्यक्ति सम्साँझै लुटिएका छन्। सिरहाको दक्षिणी सीमावर्ती इनर्वा गाविस ८ का ३० वर्षीय कृष्णकुमार झासँग रहेको दुई लाख रुपैयाँ नगद, दुई तोला सुनको गहना र केही जरुरी कागजातहरु शुक्रबार साँझ लहानको व्यस्त मानिने ठाडी बस स्टेण्डबाट लुटिएको हो। घर फर्किन बस कुरिरहेका बेला अपरिचित व्यक्तिले बिस्कुट घोलेको लेदो छ्यापेपछि ‘तपाईंको सर्टमा लेदो लागेको छ’ भन्दै बस कुरेर बसेको जस्तो गरेका थिए। ‘आफूसँग रहेको झोला राखेर सर्ट पखाल्न थालेपछि त्यही अपरिचित व्यक्ति नगदसहितको झोला बोकेर फरार भएछ’ झाले भने। इलाका प्रहरी कार्यालय लहानबाट मुस्किलले एक सय मिटरको दूरीमा रहेको उक्त ठाउँ विशेषगरी जिल्लाका दक्षिणी गाउँहरुबाट हरेक सोमबार र शुक्रबार लहान हटिया गर्न आउनेहरुको भिडभाड हुने भएकाले लुटपाट र चोरीका घटनाहरु दोहोरिरहेका छन्। इलाका प्रहरी कार्यलय लहानका प्रहरी नायव उपरीक्षक (डिएसपी) हिरा बहादुर पाण्डेले लुटेराको खोजी भइरहेको जानकारी दिए। यसैबीच, प्रहरीले सिरहा नगरपालिका १७ सुखचैना नाकाबाट भन्सार छली ल्याएको २१ हजार पाँच सय पचास रुपैयाँ बराबरका कपडा बेवारिसे अवस्थामा बरामद गरेको छ। त्यस्तै, सिरहाको बरियारपट्टि ५ मा भारतबाट भन्सार छली ल्याएको पाँच हजार रुपैयाँ बराबरका सामानहरु बेवारिसे अवस्थामा फेला पारी भन्सार कार्यालयमा बुझाइएको प्रहरीले जनाएको छ।

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget