Websoft University

www.radiomakalu.com || 021-522512


नेविसंघ नेताको हत्याको विरोधमा काठमाडौंमा प्रदर्शन




काठमाडौं, चैत १६ गते   । भेरीमालिका-३ जाजरकोटका कांग्रेस युवा नेता रवीन्द्र शाहको हत्याको विरोधमा नेविसंघले काठमाडौंमा प्रदर्शन गरेको छ । घण्टाघरस्थित त्रिचन्द्र कलेज अगाडि जम्मा भएर नेविसंघ नेता-कार्यकर्ताले बुधबार दिउँसो विरोध प्रदर्शन गरेका हुन् ।


शाहको जाजरकोट जिल्ला सदरमुकामस्थित अस्पताल नजिकै पाँच-छ जनाको समूहले घेरा हालेर गएराति ढुंगा प्रहार गरी बिभत्स हत्या गरेको थियो ।

शाहको हत्या बिरोधमा नेबिसंघ केन्द्रीय समितिको आकस्मिक बैठकले काठमाडौं उपत्यकासहित देशभर विरोध प्रदर्शन गर्ने निर्णय गरेको छ ।

नेविसंघ केन्द्रीय अध्यक्ष नैनसिंह महरका अनुसार १७ गते देशभरका क्याम्पस अगाडि एकघण्टा चक्काजाम गर्ने र १८ गते प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाइने छ ।

जिल्लाहरुमा भने जिल्ला प्रशासन कार्यालयमा प्रदर्शनसहित ज्ञापनपत्र बुझाउने कार्यक्रम तय भएको अध्यक्ष महरले जानकारी दिए ।-अनलाइनखबरबाट


Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget