Websoft University

www.radiomakalu.com || 021-522512


‘चुनावमा मतदाता र उम्मेदवारको सुरक्षा प्राथमिकतामा’



विराटनगर,फागुन २० गते । । पूर्वाञ्चलका प्रहरी प्रमुख डीआईजी रमेश भट्टराईले स्थानीय तहको निर्वाचन भयरहित तथा शान्तिपूर्णरुपमा सम्पन्न गराउन कुनै पनि कसुर बाँकी नराख्ने बताएका छन् ।

केही दिन अघि मात्र पूर्वाञ्चलमा सरुवा भएर आएका भट्टराईले सरकारले घोषणा गरेको स्थानीय तहको निर्वाचनलाई शान्तिपूर्ण रुपमा सम्पन्न गराउने प्रहरीको दायित्व भएको भन्दै उनले भने, ‘पूर्वाञ्चल सुरक्षा व्यवस्थाका लागि सोही अनुरुपको तयारीमा लागि पर्नेछु ।’


पूर्व क्षेत्रिय प्रहरी कार्यालय विराटनगरमा शुक्रबार पत्रकार भेटघाट आयोजना गरी डीआईजी भट्टराईलेे स्थानीय तहको निर्वाचनलाई शान्तिपूर्ण रुपमा सम्पन्न गर्न प्रहरी संगठनका लागि अवसर र चुनौती दुवै भएको उल्लेख गरे ।

चुनावलाई लक्षित गरी हुन सक्ने अपराध नियन्त्रण, मतदाता तथा उम्मेदवारको सुरक्षा, प्राथमिकतामा रहने डीआईजी भट्टराईले जानकारी दिए । उहाँले संगठित अपराध, गुन्डागर्दी जस्ता आपराधिक प्रवृत्तिको अन्त्यका लागि प्रहरी नागरिकसँग सहकार्य गर्दै अघि बढ्ने पनि बताए ।

प्रहरी सेवाको प्रवाह, अपराध अनुसन्धान तथा नियन्त्रण, सुशासन कायम गर्न प्रशासनिक सुधार, प्रविधिको अधिकतम् उपयोगका साथै ट्राफिक व्यवस्थापनलाई प्रभावकारीरुपमा अघि बढाइने भट्टराईकोे भनाइ थियो ।
-अनलाइनखबर

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget