Websoft University

www.radiomakalu.com || 021-522512


राप्रपामा बहसः चुनाव चिन्ह हलो कि गाई ?



काठमाडौं,फागुन १९ गते  । राष्ट्रिय प्रजातन्त्र पार्टीको केन्द्रीय कार्यसमिति बैठकमा पार्टीको निर्वाचन चिन्हबारे बहस सुरु भएको छ ।


राप्रपा र राप्रपा नेपालको एकतापछि भएको महाधिवेशनले कमल थापाको नेतृत्वमा कार्यसमिति चयन गरेको छ । तर, चुनाव चिन्हबारे विवाद देखिएपछि महाधिवेशनपछि केन्द्रीय कार्यसमितिबाट निर्णय गर्ने सहमति भएको थियो ।

जारी बैठकमा वरिष्ठ नेता एवं पूर्वप्रधानमन्त्री लोकेन्द्रबहादुर चन्दले हलोलाई चुनाव चिन्ह मान्न अपील गरेका छन् । डा. प्रकाशचन्द्र लोहनीसहितका केही नेताले पनि हलोलाई नै चुनाव चिन्ह बनाउनु पर्ने मत राखेका छन् ।

तर, धेरैले गाईलाई नै चुनाव चिन्ह बनाउनु पर्ने मत राखेको केन्द्रीय सदस्य मोहन श्रेष्ठले बताए ।

एकता अघि हलो राप्रपाको र गाई राप्रपा नेपालको चुनाव चिन्ह थियो ।-
अनलाइनखबर

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget