Websoft University

www.radiomakalu.com || 021-522512


मोरङका थारु महिलाहरु जातीय पोषाक संरक्षणमा

मोरङका थारु महिलाहरु जातीय पोषाक संरक्षणमा
मोरङ , फागुन १९ गते।   मोरङका थारु महिला आफनो पहिचान स्थापित गर्नकोलागी जातीय पोषाक संरक्षणमा लागेका छन । विभिन्न सार्वजनीक कार्यक्रममा पोषाक सहित सहभागि हुँदा सबैले पोषाकको बारेमा जानकारी दिनका लागी ग्रामीण क्षेत्रका थारु महिलाहरु लागी परेका हुन । ग्रामिण थारु महिलालेमात्र प्रयोग गर्ने अचरी र खड्गी अहिले सभा र समारोहमा प्रचारकोलागी नै लाउन थालीएको उहाँहरुको भनाई छ । बिराटनगरमा भरखरै सम्पन्न बिराट एक्स्पोमा मौलिक परम्परामा सजिएकाथारु महिलाहरुको सहभागिता भयो ।


बिभिन्न धातुका गहना लगाएर सजीएका महिलाहरु ढकियाहरु यो मोरङको बिभन्न स्थानबाट आएका थारु महिलाका पहिचन । यसैगरी रहेक कार्यक्रमहरु सजिएर आफ्नो पोसाकमा पुगिहाल्छन् यि महिलाहरु । तेतरीयाकी भुटनीदेबी चौधरी भन्नुहुन्छ, आफ्नो पहिरन जातिय भएको कारण पनि पहिचानको लागि पनि बिभिन्न स्थानमा पुग्ने गरेका छौ । बिराट एक्स्पोमा बिभिन्न जातजातीका मौलिक पोसाकहरु देखाईएको भएपनि आफ्नो पहिचन लगाएर नै ठाँटिएका युवतीहरुको सबैको अगाडी आकर्षण बने । उहाँहरुले लगाएको यो पहिचन भनेको स्थानीय उनीहरुकै भाषामा अचरा र भनिन्छ ।

यो पोसाकलाई सबै माझ स्थापित गराउन पनि उहाँहरु अहिले हरेक कार्यक्रमहरुमा यसैगरी आफ्नो पोसाकमा सजिएर पूग्ने गर्दछन् । मोतिपुर ९ की पुजा चौधरी बिवाह या कुनै कार्यक्रम हुँदा बढी यो लगाईने गरेको भएपनि अरु समयमा पनि यो थारु महिलाहरु लगाउने गरेको सुनाउनुहुन्छ । थारु महिलाहरु आफ्नो पहिचान स्थापित गर्न खुलेरै लागेका छन् । यस्ता पोसाक थारुहरुको संस्कृती भएकोले पनि लगाउनु परेको बताउँछन् । सबैको आ–आफ्नै भोषाभुष भएकोे थारुहरुको भेषभुष हराउँदा जाँदा त्यसको संरक्षणमा सबै लाग्दै आएकोे युवतीहरुको भनाई छ ।

यो पोसाक बढी बिवाह हुनु पुर्ब केटी माग्न जाँदा, बिवाहमा तथा चाडबाडमा बढी लगाईने गरेको मोतीपुर ५ की बन्दना कुमारी माझीको भनाई छ । थारु महिलाहरूले प्रयोग गर्ने पोसाक एवं गरगहना धेरै प्रकारका छन् । थारु महिलाहरूले जातीय पहिरनका साथमा घाँटीमा प्रशस्त गरगहना समेत लगाउँछन् । धातुका यी गहना विभिन्न डिजाइनमा तयार पारिएको हुन्छ । तर पछिल्ला दिनहरुमा यो पोसाक हराउँदै जानथाले पछि महिलाहरु संरक्षण र प्रचार प्रसारमा लागेका हुन ।-पुर्बेलीन्युज

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget