Websoft University

www.radiomakalu.com || 021-522512


रगतको समस्या हल


रगतको समस्या हल
उदयपुर,  फागुन  २४ गते । जिल्ला अस्पताल उदयपुरको परिसर क्षेत्रमा स्थापित रक्तसञ्चार केन्द्र सञ्चालनमा आएपछि अहिले बिरामीको उपचारमा आवश्यक पर्ने रगतको समस्या समाधान भएको छ ।


विगतमा जिल्लाभित्र रक्तसञ्चार केन्द्र सञ्चालन नहुँदा लामो समयदेखि जिल्ला अस्पताल उयदयपुरमा बिरामीका लागि सिरहाको लहान तथा सप्तरीको राजविराज अस्पताल र रेडक्रसबाट रगत आपूर्ति गर्न बाध्य हुनुपरेको थियो ।

हाल जिल्ला अस्पतालस्थित बोक्सेमा स्थापना गरिएको रक्तसञ्चार केन्द्र औपचारिक रुपमा सञ्चालन भएपछि जिल्ला अस्पतालमा आवश्यक पर्ने रगत उपलब्ध हुन थालेको जिल्ला अस्पतालका चिकित्सक डा विशाल देवले बताउनुभयो ।
सदरमुकाम गाईघाटस्थित बोक्सेमा स्थापना गरिएको रक्तसञ्चार केन्द्र नौ वर्षपछि स्वास्थ्यमन्त्री गगनकुमार थापाले गत पुस महिनामा उद्घाटन गर्नुभएको थियो ।

रक्तसञ्चार केन्द्र सञ्चालनमा आएपछि अहिले केन्द्रमा दैनिक १५ पिन्टभन्दा बढी रगत संरक्षण गरेर राखिने गरेको जिल्ला रक्तसञ्चार केन्द्र बोक्सेका प्रयोगशाला प्रमुख अमर पण्डितले बताउनुभयो ।

अहिले रक्त दानको माध्यमबाट महिनामा ८० पिन्टसम्म रगत सङ्कलन भए पनि सबै रगत प्रयोग नहुने हुँदा आवश्यकभन्दा बढी रगत अन्य जिल्लामा समेत वितरण गरिने जिल्ला रेडक्रसले बताएको छ । रासस

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget