Websoft University

www.radiomakalu.com || 021-522512


दुई सय ३१ नेपाली विदेशी जेलमा






१९ जनालाई मृत्युदण्ड

दुई सय ३१ नेपाली विदेशी जेलमा
काठमाडौंः वैदेशिक रोजगारीका लागि विभिन्न देशमा पुगेका दुई सय ३१ भन्दा बढी नेपाली गम्भीर प्रकृतिको अभियोगमा जेलजीवन बिताइरहेका छन् । हत्या, लागूपदार्थ, सडक दुर्घटनालगायत मुद्दामा २ सय १९ पुरुष र १२ जना महिला जेल परेका हुन् ।

प्रधानमन्त्री कार्यालयका वैदेशिक जानकार सुशील ढुंगानाका अनुसार साउदीमा ७६, कुवेतमा ६१, कतारमा ५०, यूएईमा १९, मलेसियामा १३, बहराइनमा ६, ओमानमा ३, कोरियामा २ र इजरायलमा १ जना गरी २ सय ३१ जना नेपाली जेलमा छन् । कुवेतको जेलमा रहेका ३६ जनाले ६ महिनादेखि १५ बर्से जेल सजाय काटिरहेका छन् भने सातजनाको मुद्दा अदालती प्रक्रियामा छ । कुवेत जेलमा रहेका नेपालीको पुनरावेदन र फैसला हुन बाँकी मुद्दाका लागि वकिलको दस्तुर मात्रै दुई करोडभन्दा बढी लाग्ने जानकारी उनले दिए ।

यसैगरी साउदी अरबको जेलमा रहेका ७६ जनामध्ये एकजनासँग ब्लडमनी लिन सहमति भए पनि रकम भने तोकिएको छैन । मलेसियाको जेलमा रहेका १३ जनामध्ये १० जनालाई मृत्युदण्डको सजाय पाउने अभियोगमा जेलमा राखिएको छ । एकजनालाई जन्मकैदको सजाय तोकिएको छ । एकजनालाई भने अवस्था नखुलेको भन्दै नेपाल फिर्ता गर्ने केन्द्रमा ल्याइएको छ ।

कुवेतमा ५, साउदीमा ३, मलेसियामा १० र यूएईमा १ जनालाई मृत्युदण्डको फैसला भइसकेको छ ।

कतारको जेलमा रहेका ५० जनामध्ये तीनजनालाई जन्मकैद, ४७ जनालाई एक महिनादेखि २० वर्षसम्मको जेल सजाय तोकिएको छ । दुबईको जेलमा रहेका १९ जनामध्ये एकजनालाई मृत्युदण्ड, दुईजनालाई जन्मकैद, चारजनाका लागि ब्लडमनी र अन्य थप तीनजनालाई मृत्युदण्ड हुनसक्ने अवस्था रहेको प्रधानमन्त्री कार्यालयले जनाएको छ । यसरी जेलमा रहेकामध्ये १९ जनालाई मृत्युदण्डको सजाय सुनाइएको छ भने थप १४ जनालाई पनि मृत्युदण्डको सजाय हुनसक्ने कार्यालयको भनाइ छ । कुवेतमा ५, साउदीमा ३, मलेसियामा १० र यूएईमा एकजनालाई मृत्युदण्डको फैसला भइसकेको छ।

त्यसमा पनि साउदीमा मृत्युदण्डको सजाय हुनसक्ने अवस्थामा रहेका ६ जनालाई हत्या र २ जनालाई सडक दुर्घटनाको अभियोग लागेको छ । साउदीको जेलमा रहेका अन्य १५ जनामाथि हत्या अभियोग छ । त्यसमा पनि पाँचजना त पाँच नेपालीलाई नै मारेको अभियोगमा जेलजीवन बिताइरहेका छन् ।- उत्तम काप्री,

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget