Websoft University

www.radiomakalu.com || 021-522512


भ्यालेन्सियाबिरुद्धको जितसँगै मेस्सीको अर्को कीर्तिमान



सुपरस्टार लिओनल मेस्सीले भ्यालेन्सियाबिरुद्धको ४-२ को जितमा अन्य दुई कीर्तिमान राख्न सफल भएका छन् । जितसँगै बार्सिलोनाले लिग लिडर रियल मडि्रडमाथिको दबावपनि कायमै राखेको छ ।


अर्जेन्टिनी सुपरस्कार मेस्सीले भ्यालेन्सियाबिरुद्ध दुई गोल गरे । गोलसँगै मेस्सी पछिल्लो ८ सिजनदेखि लगातार ४० गोलको कोशेढुंगा पार गर्ने एक्लो ला लिगा खेलाडी बनेका छन् ।

साथै मेस्सी ला लिगामा पछिल्ला ८ सिजनदेखि २५ भन्दा बढी गोल गर्ने पहिलो खेलाडी पनि बनेका छन् ।

लिग तालिकाको मध्यतिर रहेको भ्यालेन्सियाले २९औं मिनेटमा म्यान्चेस्टर सिटीबाट लोनमा भित्रिएका मांगालाको हेडिङ गोलको सहयोगमा अग्रता लिएको थियो । ३५औं मिनेटमा नेइमारको पासमा स्वारेजले गोल गर्दै घरेलु दर्शकलाई खुसी दिलाएका थिए ।

सुरुवाती गोल गरेर नायक बनेका मांगाला १५ मिनेट बित्न नपाउँदै खलनायक बन्न पुगे । ४४औं मिनेटमा स्वारेजलाई डिबक्सभित्र फल गरेपछि रेफ्रीले मांगालालाई सिधै रातो कार्ड देखाए भने बार्सालाई पेनाल्टीको अवसर दिए । जसमा सुपरस्टार मेस्सीले गोलमा परिणत गरे । बार्सिलोना २-१ ले अघि बढ्यो ।

त्यसको एक मिनेट बित्न नपाउँर्दै भ्यालेन्सियाले बराबरी गोल गर्‍यो र खेल २-२ को बराबरीमा ल्यायो । बार्सिलोनाका उत्पादन मुनिरले पहिलो हाफको इन्ज्युरी समयमा गोल गरेका थिए ।

दोस्रो हाफमा भने बार्सिलोना हावी भयो । ५२औं मिनेटमा कीर्तिमानी खेलाडी मेस्सीले गोल गरे भने खेल सकिनु १ मिनेटअघि नेइमारको पासमा आन्द्रे गोमेसले गोल गरे । गत सिजन बार्सिलोनामा आवद्ध भएपछि उनले भ्यालेन्सियाबिरुद्ध पहिलो गोल गरेका हुन् ।-अनलाइनखबर

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget