Websoft University

www.radiomakalu.com || 021-522512


सभामुखबाट विद्यालय भवन हस्तान्तरण


सभामुखबाट विद्यालय भवन हस्तान्तरण
ललितपुर,  चैत १ गते  । सभामुख ओनसरी घर्तीले खोकनास्थित रुद्रायणी माविको नवनिर्मित भूकम्प प्रतिरोधात्मक भवनको आज उद्घाटन गर्नुभयो । फ्रान्सको इपिएस क्लबको सहयोग र स्थानीय सहरी वातावरण व्यवस्थापन समाजको व्यवस्थापनमा रु दुई करोड ६० लाखको लागतमा निर्मित सो भवन आज विद्यालय व्यवस्थापन समितिलाई हस्तान्तरण गरिएको हो ।



नयाँ भवनमा विज्ञान प्रयोगशाला समेत छ । सभामुख घर्तीले अभिभावकको चाहना र समयको माग अनुसार वैज्ञानिक र व्यवहारिक शिक्षा दिन सामुदायिक विद्यालय अग्रसर हुनुपर्ने बताउनुभयो ।

एक सय १७ वर्ष पुरानो सो विद्यालयमा हाल २५० विद्यार्थी छन् । गत वर्षको प्रवेशिका परीक्षामा सो विद्यालयबाट शतप्रतिशत विद्यार्थी उत्तीर्ण भएका थिए । आगामी दिनमा शिक्षाको गुणस्तर खस्कन नदिने दृढता प्रधानाध्यापक बाबुराम थापाले व्यक्त गर्नुभयो । रासस

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget