Websoft University

www.radiomakalu.com || 021-522512


निर्वाचन आयोग अगाडि राप्रपाको धर्ना

निर्वाचन आयोग अगाडि राप्रपाको धर्ना

काठमाडौं चैत ७ गते । आफ्नो विधानबाट हिन्दु राष्ट्र र राजसंस्थसम्बन्धी वाक्यांश हटाएको विरोधमा सरकारमा रहेको राप्रपाले निर्वाचन आयोग घेराउ गरेको छ।निर्वाचन आयोगको उक्त निर्णय खारेजीको माग गर्दै राप्रपाका नेता तथा कार्यकर्ता जमलस्थित निर्वाचन आयोग अगाडि पुगेर धर्नामा बसेका हुन्।
शान्तिवाटिकाबाट सुरु भएको जुलुसको नेतृत्व राप्रपाका वरिष्ठ नेता पशुपति शम्शेर जवरा, वुद्धिमान तामाङलगायतका नेताहरुले गरेका थिए। जुलुसमा सहभागीहरुले निर्वाचन आयोगको निर्णयविरुद्ध चर्को नारावाजी गरेका थिए। उनीहरुले विधानमा ‘हिन्दु राष्ट्र र राजसंस्था’ सम्बन्धी वाक्यांश हटाउने निर्णय खारेज गर्न माग गरेका थिए।
निर्वाचन आयोगले राप्रपाको विधान संविधानसँग बाझिएको भन्दै ‘हिन्दु राष्ट्र र राजसंस्था’ सम्बन्धी वाक्यांश हटाएको थियो। आयोगको उक्त निर्णयविरुद्ध राप्रपा विरोधमा उत्रिएको हो। राप्रपाका नेता–कार्यकर्ताहरुले आयोगको कार्यालय अगाडि एक घण्टा धर्ना दिनेछन्।- बालकुमार नेपाल,  अन्नपूर्णपोस्ट बाट 

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget