Websoft University

www.radiomakalu.com || 021-522512


प्रदर्शनमा उत्रिएका राप्रपाका कार्यकर्तामाथि प्रहरीद्वारा अश्रुग्यास प्रहार

प्रदर्शनमा उत्रिएका राप्रपाका कार्यकर्तामाथि प्रहरीद्वारा अश्रुग्यास प्रहार

प्रहरीको सुरक्षा घेरा तोड्ने प्रयास गर्दै राप्रपाका कार्यकर्ताहरु। तस्बिर: सुलभ श्रेष्ठ/अन्नपूर्ण

काठमाडौं,चैत ७ गते । विधानबाट ‘हिन्दु राष्ट्र र राजसंस्था’सम्बन्धी वाक्यांश हटाएको विरोधमा निर्वाचन आयोगको कार्यालय घेराउ गर्न पुगेका राप्रपाका नेता तथा कार्यकर्तामाथि प्रहरीले अश्रुग्यास प्रहार गरेको छ।

विरोध प्रदर्शनमा उत्रिएका राप्रपाका नेता तथा कार्यकर्ताहरुले प्रहरीको घेरा तोड्न खोजेपछि तनाव उत्पन्न भएको थियो। प्रदर्शनकारीले प्रहरीमाथि ढुंगा प्रहार गरेपछि प्रहरीले स्थिति नियन्त्रणमा लिन चार सेल अश्रुग्यास प्रहार गरेको हो।

‘हिन्दु राष्ट्र र राजसंस्था’ सम्बन्धी वाक्यांश हटाउने निर्णय खारेज गर्न माग गर्दै राप्रपाका नेता तथा कार्यकर्ता जमलस्थित निर्वाचन आयोगको कार्यालय अगाडि धर्ना दिन पुगेका हुन्।-अन्नपूर्णपोस्ट

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget