Websoft University

www.radiomakalu.com || 021-522512


प्रचण्डको चीन भ्रमणः के हो वेइजिङको सन्देश ?



समाचार टिप्पणी

काठमाडौं, चैत १५ गते   । आफ्नो कार्यकालमा चीनको भ्रमण नै नहुने हो कि भन्ने संशयका बीच प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बेइजिङको भ्रमण गरेका छन् । वोआओ सम्मेलनमा भाग लिन चीन गएपनि प्रधानमन्त्री प्रचण्डले चिनियााँराष्ट्रपति सी जिनपिङसँग महत्वपूर्ण भेटघाट गरेका छन् ।


प्रधानमन्त्री हुनुभन्दा पहिला र त्यसपछि पनि पटकपटक प्रचण्डले दुई देशको बीचमा सन्तुलित सम्बन्ध राख्ने भने पनि लगभग असन्तुलनको अवस्था देखियो । यो भ्रमणले त्यसलाई केही हदसम्म सन्तुलनमा ल्याएको देखिन्छ ।

प्रचण्डको भ्रमणको क्रममा आखिर बेइजिङले के सन्देश दियो त ?

विश्वासको वातावरणमा जोड

नेपाल र चीनको बीचमा पछिल्लो समय केही राजनीतिक अविश्वासको वातावरण देखिएको पक्कै हो । प्रधानमन्त्री प्रचण्डले पनि यसलाई सार्वजनिक रुपमै स्वीकार गरिसकेका छन् । उनले चीन जानुभन्दा अगाडि नै आफ्नो भ्रमण मुख्य रुपमा विश्वासको वातावरण बनाउन केन्दि्रत हुने बताएका थिए ।

प्रचण्ड र चिनियाँ राष्ट्रपति सीबीचको भेटघाटको समयमा यो विषयले पनि प्राथमिकता पाएको देखिन्छ । चीनका सञ्चारमाध्यमहरुले स्पष्ट शब्दमा ‘सीले राजनीतिक विश्वासको वातावरणलाई सुदृढ गर्न’ जोड दिएको उल्लेख गरेका छन् । यस अगाडिको भेटमा चिनियाँ पक्षले सो विषय उल्लेख गर्ने गरेको थिएन ।

मुख्य चासोको विषयमा अझ सहकार्य

नेपालमा चीनको मुख्य चासो चीनविरोधी गतिविधिमा नियन्त्रण हो । यसका लागि उसले राजनीतिदेखि सैन्य क्षेत्रमा समेत नेपाललाई सहयोग विस्तार गरिरहेको छ । तर, तिब्बतको मामिलामा ऊ अझै आश्वस्त हुन सकेको छैन ।

प्रचण्ड र सीबीचको भेटपछि चीनको सरकारी समाचार एजेन्सी सिन्ह्वाले लेखेको छ, ‘सी ले दुई मुलुकको मुख्य चासोको विषयमा अझ बढी सहकार्य र सहयोगमा जोड दिनुभएको छ ।’

संविधान कार्यान्वयन

चीनले स्पष्ट रुपमा नेपालमा नयाँ संविधानको कार्यान्वयनमा जोड दिएको छ । नेपालमा अस्थिरता बढेमा आफ्नो सुरक्षा चासोमा असर पर्ने बेइजिङको पुरानै बुझाइ हो । संविधान कार्यान्वयनको एउटा खुड्किलो स्थानीय तहको निर्वाचनको लागि सहयोग गर्ने वचन दिएर चीनले आफ्नो धारणालाई बल पुर्‍याएको छ । संविधान संशोधन तथा मधेसवादी दलहरुको मागको सम्बन्धमा भने उसले स्पष्ट बोलेको छैन । तर, निर्वाचनमा सबै पक्षको सहभागिता होस् भन्ने उसले सन्देश दिएको छ ।

रेल्वे र सडकको विस्तार

पछिल्ला वर्षहरुमा नेपाल र चीनको बीचमा भएका उच्चस्तरीय भेटघाटहरुमा चीनले रेल्वे र सडक विस्तारलाई निरन्तर जोड दिँदै आएको छ । नेपालसम्म रेलवे र सडक विस्तार गर्ने उसको योजनामा नेपालले पर्याप्त सहयोग नगरेको निष्कर्ष उसको हुन सक्छ । यस अगाडि भारतको गोवामा भएको भेटघाटमा पनि चिनियाँ राष्ट्रपतिले यी विषयमा विशेष जोड दिएका थिए ।

‘वान बेल्ट वान रोड’ परियोजना

यो अवधारणा चीन आफैंले सन् २०१३ देखि उठाउँदै आएको छ । चिनियाँ राष्ट्रपति सी ले अघि सारेको यो अवधारणा अन्तर्गत चीन तथा एसिया, युरोप र अपि|mकाबीच सडक पूर्वाधार, रेल मार्ग र समुद्री पूर्वाधारको विकासबाट आर्थिक विकास गर्ने मुख्य लक्ष्य राखिएको छ ।

प्रचण्डको भ्रमणको समयमा पनि यो विषय स्पष्ट रुपमा उठेको देखिन्छ । सिन्ह्वाले जारी गरेको समाचारमा सो परियोजनामा जोड दिएको कुरा उल्लेख गरिएको छ ।

सम्बन्धलाई बृहत् तहमा विस्तार गर्ने चाहना

प्रधानमन्त्री प्रचण्डसँगको भेटमा चिनियाँ राष्ट्रपतिले दुवै देशका नागरिकहरुको बीचको सम्बन्धलाई अझ बढाउने कुरामा जोड दिएका छन् ।

खासगरी संस्कृति, पर्यटन, मिडिया, युवा तथा स्थानीय स्तरमा आपसी सहकार्यलाई थप विस्तार गर्नुपर्ने बताएका थिए ।

विश्वव्यापी विषयमा मिलेर काम गर्न इच्छुक

चीनले नेपालसँग विश्वव्यापी फोरमहरुमा मिलेर काम गर्ने इच्छा व्यक्त गरेको छ । समाचारमा आए अनुसार चीनले संयुक्त राष्ट्र संघ, जलवायु परिवर्तन र दीर्घकालीन विकास लक्ष्यमा मिलेर काम गर्ने इच्छा देखाएको छ ।

भारतसँग मिलेर काम गर्न सुझाव

चीनले नेपाललाई दक्षिण छिमेक भारतसँग सहकार्य गर्न दिएको सुझाव नयाँ भने होइन । उसले सन् १९६० देखि नेपालका नेताहरुलाई यही सुझाव दिँदै आएको छ । प्रधानमन्त्री प्रचण्डलाई पनि चीनले सोही सन्देश दिएको छ ।

नेपालमा आफ्नो प्रभ्ााव बढाउन चीन इच्छुक भए पनि नेपालका सबै माग अहिले नै आफूले पूरा गर्न नसक्ने यथार्थसँग ऊ परिचित छ । यो स्थितिमा चीनले नेपाललाई भारतसँग राम्रो सम्बन्ध राखेर अगाडि जान सुझाव दिने गरेको छ ।-अनलाइनखबरबाट

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget