Websoft University

www.radiomakalu.com || 021-522512


केशरबहादुरसँग मिलेर डा. लोहनीले गठन गरे नयाँ पार्टी




काठमाडौं,चैत १५ गते  । डा. प्रकाशचन्द्र लोहनीले केशरबहादुर विष्टसँग मिलेर एकीकृत राष्ट्रिय प्रजातन्त्र पार्टी (राष्ट्रवादी) गठन गरेका छन् । यसको औपचारिक घोषणा भोलि हुनेछ ।


भोलि विहान पार्टी दर्ता गर्ने र दिउँसो पार्टी गठनको घोषणा गरिने प्रचार विभागका संयोजक महेश्वर रोकाले जानकारी दिए ।

पूर्व अर्थमन्त्री समेत रहेका डा. लोहनीले हालै मात्र राप्रपा छाडेका थिए भने राप्रपासँगको एकता अघि नै राप्रपा नेपालले विष्टलाई कारबाही गरेको थियो । त्यसपछि राष्ट्रवादी प्रजातान्त्रिक समूह गठनको प्रयास गरेका विष्ट नयाँ पार्टीमा वरिष्ठ नेता हुनेछन् भने राप्रपा समानान्तर गठन गरेका गणेश शेरचन लोहनीको नयाँ पार्टीमा उपाध्यक्ष हुनेछन् ।

एकीकृत राप्रपा राष्ट्रवादीले राप्रपाको तत्कालीन झण्डा र चुनाव चिन्ह हलोलाई निरन्तरता दिने बताएको छ ।

‘समोवशी राष्ट्रियता, बहुलवादी प्रजातन्त्र र प्रगतिशील उदारवाद’को नारा दिएको यो पार्टीले सनातन हिन्दु राष्ट्र र एकताको प्रतिकका रुपमा संवैधानिक राजतन्त्रकै एजेण्डा अघि सारेको छ ।

पार्टी गठनको १० दिनभित्र देशभर पार्टी कार्यालय स्थापना गर्ने प्रचार विभागका संयोजक महेश्वर रोकाले दाबी गरे ।-अनलाइनखबरबाट


Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget