Websoft University

www.radiomakalu.com || 021-522512


स्थानीय चुनावको तयारीमा जुट्यो नयाँ शक्ति

वैकल्पिक शक्तिको रुपमा स्थापित गराउन बाबुरामको निर्देशन



काठमाडौं,चैत १५ गते  । बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्ति पार्टी नेपाल स्थानीय तहको निर्वाचनको तयारीमा जुटेको छ ।

मंगलबारबाट सुरु भएको पार्टीको संघीय परिषदको बैठक स्थानीय तहको निर्वाचनसम्बन्धि रणनीति तय गर्ने एजेन्डामा केन्द्रित छ । बैठकलाई सम्बोधन गर्दै पार्टीका संयोजक डा. भट्टराईले स्थानीय तहको निर्वाचनमा पार्टीलाई वैकल्पिक शक्तिको रुपमा स्थापित गराउन पार्टीका नेता कार्यकर्तालाई निर्देशन दिएका छन् ।


उनले बैठकमा पेश गरेको राजनीतिक प्रतिवेदनमा संशोधनमार्फत संविधानको स्विकार्यता बढाउँदै निर्वाचन सम्पन्न गर्नु पार्टीको मुख्य कार्यभार रहेको उल्लेख छ ।

२ दिनसम्म चल्ने बैठकले स्थानीय तहको निर्वाचनसम्बन्धी रणनीति तय गर्ने प्रवक्ता खिमलाल देवकोटाले जानकारी दिए ।

बैठकमा पार्टीको एक वर्षे कार्यकालको पनि समिक्षा हुनेछ । विगतको समिक्षा गर्ने र पार्टीलाई मुलुकको बैकल्पिक शक्तिको रुपमा स्थापित गराउने गरी निर्वाचनको तयारी गर्ने विषयमा सबै प्रदेशका नेताहरुसँग सुझाव लिने पार्टीको तयारी छ ।

बैठकमा सबै प्रदेशका र देश बाहिरका संगठनसहित १ हजार प्रतिनिधि सहभागी छन् ।-अनलाइनखबरबाट 

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget