Websoft University

www.radiomakalu.com || 021-522512


स्थानीय चुनावमा राप्रपाको मूख्य एजेण्डा हिन्दू राष्ट्र



काठमाडौं, चैत २ गते। सत्ता साझेदार राष्ट्रिय प्रजातन्त्र पार्टीले हिन्दू राष्ट्रलाई मूल एजेन्डा बनाएर स्थानीय तहको निर्वाचन अभियानलाई तीव्रता दिने भएको छ ।

पार्टीका अध्यक्ष एवम् उपप्रधानमन्त्री तथा स्थानीय विकास मन्त्री कमल थापाले जनमत हिन्दू राष्ट्रको पक्षमा रहेकाले सोही एजेन्डालाई मूल नारा बनाएर स्थानीय तहको निर्वाचनको तयारीमा जुटन पार्टीका नेता कार्यकर्तालाई निर्देशन दिए ।

चैत्र १० गतेबाट देशभर निर्वाचनको अभियान संचालन गर्ने तयारीमा रहेका पार्टीका नेताहरुलाई बुधबार काठमाडौंमा प्रशिक्षण दिँदै अध्यक्ष थापाले निर्वाचनमा उत्साहका साथ खटिन पनि निर्देशन दिए ।

उनले पार्टीले लिएको पछिल्ला अडान र निर्णय उत्साहजनक रहेको उल्लेख गर्दै सोही अनुसार निर्वाचन अभियानमा जुटनुपर्ने आवश्यक्ता औल्याए ।

अध्यक्ष थापाले स्थानीय स्थानीय तहको निर्वाचन कुनै पनि बहानामा नरोकिनेसमेत प्रष्ट पारे । मधेसी मोर्चालाई कारण देखाएर निर्वाचनबाट पछि हट्ने अवस्था सरकार नरहेको पनि उनले बताए ।

राष्ट्रिय प्रजातन्त्र पार्टीले चैत्र १० गतदेखि मुलुकको सबै जिल्लामा एक साथ स्थानीय तहको निर्वाचनको तयारी थाल्ने योजना बनाएको छ । राष्ट्रिय प्रजातन्त्र पार्टीले हिन्दू राष्ट्र स्थापना गर्ने पार्टीको लक्ष्यमा जनमत रहेको विश्लेषण गर्दै आएको छ । उसले अव हुने निर्वाचनमा तेस्रो शक्ति बन्ने सुनिश्चित भएको दावी समेत गर्दै आएको छ ।-
अनलाइनखबर

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget