Websoft University

www.radiomakalu.com || 021-522512


झापामा स्थानीय तह पुनःसंरचना कार्यान्वयन


झापामा स्थानीय तह पुनःसंरचना कार्यान्वयन


भद्रपुर,  चैत २ गते  । नेपाल सरकारले पछिल्लो समयमा गरेको स्थानीय तहको पुनःसंरचनाअनुसार साविकको जिल्ला विकास समिति (जिविस) झापामा मङ्गलबारदेखि जिल्ला समन्वय समितिको कार्यालय स्थापना भएको सो कार्यालयले जनाएको छ ।

सो संरचनाअनुसार अब जिल्लामा आठ नगरपालिका — मेचीनगर नगरपालिका, दमक नगरपालिका, कन्काई नगरपालिका, भद्रपुर नगरपालिका, अर्जुनधारा नगरपालिका, शिवसताशी नगरपालिका, गौरादह नगरपालिका, विर्तामोड नगरपालिका र गाउँपालिकाहरुमा झापा गाउँपालिका, बुद्धशान्ति गाउँपालिका, कमल गाउँपालिका, गौरीगन्ज गाउँपालिका, बाह्रदशी गाउँपालिका, हल्दिबारी गाउँपालिका र कचनकवल गाउँपालिका भएका छन् ।

विगतमा निकै विवाद रहेको पुनःसंरचनाको विषयमा अन्तिम समयमा सबै राजनीतिक दलको सहमतिमा जिल्लामा आठ नगरपालिका र सात गाउँपालिका भएका छन् । नयाँ संरचनाअनुसार झापाका आठवटा नगरपालिकामा कुल पाँचलाख ५२ हजार दुईसय चार र सातवटा गाउँपालिकामा दुईलाख ५६ हजार ३० जनसङ्ख्या भएको जिल्ला समन्वय समितिका योजना अनुगमन तथा प्रशासकीय अधिकृत दीपक दाहालले बताउनुभयो ।

जिल्ला समन्वय समितिबाट प्राप्त सूचनाअनुसार झापामा सबैभन्दा बढी जनसङ्ख्या मेचीनगर नगरपालिकामा एकलाख ११ हजार सातसय ९७ जनसङ्ख्या र क्षेत्रफल १९२.८५ वर्ग किमी र सबैभन्दा कम कन्काई नगरपालिकामा ४० हजार एकसय ४१ र क्षेत्रफल ८०.९८ वर्ग किमी छन् ।

त्यस्तै, गाउँपालिकामा सबैभन्दा बढी कमल गाउँपालिकामा ४४ हजार तीनसय ६५ र क्षेत्रफल १०४.५७ वर्ग किमी तथा सबैभन्दा कम हल्दिबारी गाउँपालिकामा २९ हजार दुईसय २३ जनसङ्ख्या र क्षेत्रफल ११७.३४ वर्ग किमी रहेको जनाइएको छ । झापाको सबैभन्दा पुरानो नगरपालिका भद्रपुर नगरपालिकामा ६५ हजार पाँचसय ४३ जनसङ्ख्या र क्षेत्रफल ९६.३५ वर्ग किमी रहेको छ । रासस

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget