Websoft University

www.radiomakalu.com || 021-522512


एसीसी इमर्जिङ कपका लागि नेपाली क्रिकेट टोलीको घोषणा

शक्ति, बसन्त र सोमपाललाई आराम, आरिफ, आसिफ र अभिनाश टिममा समावेश



चैत १२ गतेदेखि सुरु हुने एसीसी इमर्जिङ नेशन्स कप क्रिकेट प्रतियोगिताका लागि नेपाली टिमको घोषणा गरिएको छ ।


आइसीसीका डेभलपमेन्ट अफिसर राजु बेंकटपति, नेपाली टोलीका प्रशिक्षक जगत टमाटा, कप्तानहरु पारस खड्का र ज्ञानेन्द्र मल्लले प्रतियोगिताका लागि चार बैकल्पिकसहित नेपाली १५ सदस्यीय नेपाली टोलीको छनौट गरेका हुन्

इमर्जिङ टिम्स कपमा नेपालका भेट्रान स्पिनरहरु शक्तिप्रसाद गौचन, बसन्त रेग्मी तथा फष्ट बलर सोमपाल कामीलाई आराम दिइएको छ । यता नियमित कप्तान पारस खड्काले स्वास्थ्य अवस्थाका कारण यसअघि नै इमर्जिङ कप नखेल्ने घोषणा गरिसकेका छन् ।

घोषित टोलीको कप्तान र उपकप्तान क्रमसः ज्ञानेन्द्र मल्ल र शरद भेषावकर छन् । त्यस्तै टोलीका अन्य सदस्यमा बिनोद भण्डारी, सागर पुन, मोहम्मद आरिफ शेख, मेहवुव आलम, दिपेन्द्र सिंह ऐरी र सन्दीप लामिछाने छन् ।

त्यसैगरी मोहम्मद आसिफ शेखले राष्ट्रिय टोलीमा स्थान बनाएका छन् । अभिनाश कर्णलाई सोमपालको स्थानमा ल्याइएको छ । सुनिल धमलाले केन्यासँगको खेलमा जस्तै नेपालको ओपनिङ गर्नेछन् ।

त्यस्तै चार बैकल्पिक खेलाडीहरुमा भुवन कार्की, शुसान भारी, दिपेश श्रेष्ठ र दिलिप नाथ छन् ।

कुशल भुर्तेल, जितेन्द्र मुखिया, राजेश पुलामी मगर, सुशील कँडेललाई रिजर्भ प्लेयरको रुपमा टिममा बोलाइएको छ ।

चैत २२ गतेसम्म चल्ने प्रतियोगितामा नेपाल समूह बी मा छ । यस समूहमा नेपालसँगै पाकिस्तान, बंगलादेश र हङकङ छन् ।-अनलाइनखबर

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget