Websoft University

www.radiomakalu.com || 021-522512


मोर्चाको समर्थन फिर्ता : सरकार नढल्ने



काठमाडौ , चैत्र ३ गते । सरकारलाई राजनीतिक तवरबाट मात्र समर्थन नदिने तर प्राविधिक समर्थन अर्थात संसद्मा औपचारिक पत्र नलेख्ने मधेसी मोर्चाको निर्णय एकदिन पनि टिकेन । प्रधानमन्त्री पुष्पकमल दाहालसँगको बैठकबाट संविधान संशोधनमा सरकारको विश्वास गर्न नसकिने ठहर गरी मधेसी मोर्चाले संसद्मा विपक्षी बेन्चमा बस्ने निर्णयसहित सभामुखलाई पत्र लेखेको छ ।

आजका दैनिक पत्रिकाको मुख्य समाचार मधेसी मोर्चा तथा सरकार प्रमुख बीचको भेटवार्ता तथा त्यसको परिणामका विषयमा केन्द्रित छन् । तर, मधेसी मोर्चाले सरकार छाडेको अवस्थामा पनि नेपाली कांग्रेसको मुख्य समर्थन रहेको पुष्पकमल दाहाल नेतृत्वको सरकार ढल्ने अवस्था छैन ।

नयाँ पत्रिकाले प्रधानमन्त्रीको प्रस्तावलाई बुँदागतरूपमा प्रस्तुत गरेको छ । सो दैनिकका अनुसार प्रधानमन्त्रीले सीमांकन थाती राखी अन्य विषयमा संशोधन गर्ने, स्थानीय र प्रदेश निर्वाचनको बीचमा सीमांकन टुंगो लगाउने, आयोग गठन गरेर सीमांकन टुंग्याउने, मधेसमा स्थानीय तहको संख्या बढाउने तथा स्थानीय तहलाई प्रदेशमातहत राख्ने प्रस्ताव राखेका थिए । तर, मोर्चाले प्रधानमन्त्रीको प्रस्ताव अविश्वासिलो भनेर मान्न अस्वीकार गरेको छ ।
हिमालय टाइम्सले मोर्चाले आन्दोलन फिर्ता गरेर असहयोग आन्दोलन चलाउने विषयलाई मुख्य समाचार बनाएको छ । संघीय गठबन्धनमा आबद्ध संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले प्रधानमन्त्री पुष्पकमल दाहालको सरकारलाई दिएको समर्थन फिर्ता गरी असहयोग र अवज्ञाको आन्दोलन घोषणा गरेको विषयलाई टाइम्सले महत्वका साथ प्रकाशित गरेको छ ।

अहिले संसद्मा ६०१ मध्ये ५९४ सांसदमात्र रहेकाले यसको बहुमत अर्थात् २९८ सांसदको समर्थन भएको खण्डमा सरकार ढल्दैन । हिमालय टाइम्सले प्रकाशित गरेको सूचीअनुसार सरकारको पक्षमा मोर्चाबाहेक पनि अझै ३४७ सांसद रहेका छन् । नेपाली कांग्रेस (२०७), नेकपा माओवादी केन्द्र (८१), राष्ट्रिय प्रजातन्त्र पार्टी (३७), फोरम लोकतान्त्रिक (१४), नेकपा संयुक्त (३), अखण्ड नेपाल पार्टी (१), समाजवादी जनता पार्टी (१), दलित जनजाति पार्टी (१), जनजागरण पार्टी (१) तथा स्वतन्त्र १ गरेर सरकारको पक्षमा अझै ३४७ सांसदको समर्थन रहेको कारणले सरकार ढल्ने अवस्था नरहेको टाइम्सले जनाएको छ ।

आजका गोरखापत्र, राजधानी, अन्नपूर्ण पोस्ट तथा कान्तिपुरले पनि यो समाचारलाई प्रथम पृष्ठमा प्रकाशित गरेका छन् । नागरिकले यो समाचारलाई दोस्रो पृष्ठमा प्रकाशित गरेको छ ।

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget