Websoft University

www.radiomakalu.com || 021-522512


प्रा डा रमेश इजमलाई सम्मान

प्रा डा रमेश इजमलाई सम्मान

झापा,  चैत १ गते  । ‘स्टेट आइडोलोजी एन्ड किरात लिम्बू आइडेन्टी’ विषयमा विद्यावारिधि गर्नुहुने प्रा डा रमेश इजमलाई सम्मान गरिएको छ ।
झापाको दुधेमा इजम बन्धुको तेस्रो राष्ट्रिय महाधिवेशनको अवसरमा सोमबार प्रा डा इजमलाई सम्मान गरिएको हो । अधिवेशनले रत्न इजमको नेतृत्वमा २५ सदस्यीय केन्द्रीय कार्यसमिति चयनसमेत गरेको छ ।

केन्द्रीय कार्यसमितिमा क्षेत्रगत उपाध्यक्षमा सुनसरी तथा मोरङबाट अमर इजम, झापा तथा इलामबाट ललित इजम, ताप्लेजुङबाट होमनाथ इजम र काठमाडौँबाट ज्ञानबहादुर इजम रहेका छन् । त्यस्तै, महिला उपाध्यक्षमा ममता इजम, महासचिवमा देव सुब्बा इजम, सचिव चन्द्रबहादुर इजम तथा कोषाध्यक्षमा नवीन इजम निर्वाचित भएका छन् ।

यसैगरी, केन्द्रीय सदस्यमा प्रा डा रमेश इजम, अम्बरबहादुर इजम, कमला इजमलगायत निर्वाचित भएका छन् । महाधिवेशनमा ताप्लेजुङको फावाखोला मूलथलो भई नेपाललगायत भारतको सिक्किम, आसाम, दार्जिलिङ, भुटानलगायत स्थानका इजम बन्धुको उपस्थिति रहेको थियो । महाधिवेशनले इजम बन्धुको वंशावली यथाशीघ्र निर्माण गर्ने निर्णयसमेत गरेको छ । रासस

  

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget