Websoft University

www.radiomakalu.com || 021-522512


फाल्गुण २१ गतेदेखी ११ अाै अन्तराष्ट्रिय टुबाेर्ग इटहरी गाेल्डकप हुने



  सुनसरीकाे इटहरीमा अाउदाे फागुन २१ गतेबाट ११ अाै अन्तराष्ट्रिय अामन्त्रण टुबाेर्ग इटहरी गाेल्डकप हुने भएकाे छ । त्यसकालागि सम्पूर्ण तयारी पुरा भइसकेकाे अायाेजक राष्ट्रिय जागृती क्ल्बले बुधबार इटहरीमा अायाेजित पत्रकार सम्मेलन गरी जानकारी दिएकाे छ । पूर्वकाे केन्द्र इटहरीलार्इ खेलकुदकाे हब बनाउने उद्येस्यकासाथ इटहरीमा बर्षै पिच्छे अायाेजना गरिने अन्तराष्ट्रिय टुबार्ग  इटहरी गाेल्डकप याे बर्ष भने बेग्लै तरिकाले अायाेजना गरिएकाे अायाेजकले बताएकाे छ ।

पत्रकार सम्मेलनमा बाेल्दै गाेल्डकपका संयाेजक अनुराेध थापाले बिगतकाे बर्ष भन्दा याे बर्षकाे खेलमा धेरै फरक रहेकाे बताए ।  उनले अघिल्लाे बर्ष अायाेजना भएकाे गाेल्डकपमा प्रथम हुने बिजेतालार्इ रू एक लाख , मेडल र प्रमाणपत्र दिइन्थ्याे भने याे बर्ष प्रथम हुनेलार्इ प्राइज बढाएर रू २ लाख बनाइएकाे त्यसै गरी दाेश्राेलार्इ रू ५० हजार दिइन्थ्याे भने याे बर्ष रू एक लाख प्रदान गरिने बताए ।



त्यस्तै प्रतियाेगिताकाे सर्वाेत्कृष्ट खेलाडीलार्इ ३२”इञ्चकाे टेलिभिजन प्रदान गरिने, खेलकाे सर्वाेत्कृष्ट खेलाडीलार्इ रू ५ हजार नगद , र इटहरीकाे उदयीमान खेलाडी एक जनालार्इ प्राेत्साहन स्वरूप २४” इञ्चकाे टेलिभिजन प्रदान गरिने पत्रकार सम्मेलनमा जानकारी गराइएकाे छ । खेलमा जम्मा २८ लाख ३० हजार खर्च बिनियाेजन गरिएकाे र यस खेललार्इ प्रचार कम गरिने तर भब्यताका साथ सम्पन्न गरिने पनि अायाेजक जागसति क्लब इटहरीले जनाएकाे छ ।

खेलकाे लागी इटहरीस्थित जनता प्राविकाे खल मैदान बेहुली झै सिगारिएकाे छ । खेलमा याे बर्ष पूर्वाञ्चल , काठमाण्डाै र छिमेकि मुलुक भारतबाट समेत गरी ८ वटा टिमहरू सहभागी हुने भएका छन । राष्रट्रिय जागृति कल्बका कार्यवाहक अध्यक्ष सन्तबिर बम्जनकाे सभापतित्वमा भएकाे पत्रकार सम्मेलनमा खेल फागुन २१ गते देखि २८ गते सम्म सञ्चालन हुने बताइएकाे छ । त्यसै गरी याे बर्षकाे खेलमा ५० हजार देखी १ लाख सम्म दर्शकहरू भेला पार्ने याेजना रहेकाे अायाेजकले जनाएकाे छ ।-पुर्बेलीन्युज

  

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget