Websoft University

www.radiomakalu.com || 021-522512


तेह्रथुमको जिरिखिम्ती वजारमा करोड लागतका कृषि संरचना प्रयोग विहीन



तेह्रथुम,फाल्गुण  १८ गते । चार वढी गाविसका किसानको उत्पादनलाई वजारीकरण गर्न सहयोग पुयाउने उदेश्यले जिरिखिम्ती वजारमा निर्माण गरीएका करोड लागतका कृषि संरचना निर्माण सम्पनन भएको पांच वर्ष सम्म पनि प्रयोग विहिन वनेका छन् । वजार छेउको कृषि उपज हाटवजारका स्थलमा निर्माण गरीएका भवन प्रयोग विहीन वनेका हुन् । जिविस, कमर्सीयल एग्रीकल्चर एलान्यन्स् (सिएए) र उपभोक्ता समेतको गरी ७५ लाख रुपैंयाको लागतमा चार वर्ष अघि नै निर्माण सम्पन्न भएका भवन र ट्रष्ट अहिले सम्म संचालनमा आउन नसकेका हुन् ।

 स्थानीय किसानले उत्पादन गरेका कृषि उपजलाई संकलन गरी त्यही विक्री वितरण गर्ने र स्थानीय स्तरमा खपत हुन नसकेका उत्पादनलाई जिल्ला वाहिर निर्यातका लागि संकलन गर्ने उदेश्यले भवन निर्माण गरीएको निर्माण समिति अध्यक्ष्ँ यज्ञ वहादुर अधिकारीले वताए । तर भवन निर्माण भएको चार वर्ष सम्म पनि किसानले प्रयाप्त आºनो उत्पादन नल्याएपछि हाट वजार स्थलका भवन संचालन गर्न नसकिएको अध्यक्ष्ँ अधिकारीले वताए । भवन जिरिखिम्ती कृषि, थोक तथा खुद्रा वजार व्यवस्थापन समितिले निर्माण गरेको हो ।

भवन निर्माण भएको हाट वजार स्थल सम्म पुग्न वजार क्ष्ँेत्रवाट सिधा वाटो नभएको र अर्को वाटो घुमाउरो भएकाले पनि वजार क्ष्ँेत्रका उपभोक्ताहरु त्यहा सम्म जान नमानेको अध्यक्ष्ँ अधिकारीले वताए । ‘धेरै पटक प्रयास गरीए पनि कृषि उपज हाटवजार लगाउन सकीएन’ अध्यक्ष्ँ अधिकारीले वाध्यता सुनाए ।

जिरिखिम्ती सहित आम्वुङ, मोराहाङ, साव्ला, पिप्ले लगायतका गाविसका किसानले उत्पादन गरेको तरकारी, फलफुल र अन्य कृषि उत्पादन समितिले खरीद विक्री गर्ने र किसान स्वयमले हाट वजार स्थलमा ल्याएर विक्री गर्न पाउने उदेश्य भवन निर्माणताका गरीएको थियो । तर त्यहाका किसानले आºनो उत्पादन विक्रीका लागि ल्याएका छैनन् । ‘किसानले उत्पादन गरेको कृषि उपजले स्थानीय उपभोक्तालाई नै पुगेको रहेनछ’ निर्माण समितिका एक सदस्यले भने

। कृषि उपजको वजार र खपतको अध्ययन नै नगरी हाट वजार लगाउन भवन वनाउदा ठुलो धनराशी प्रयोग विहिन भएको छ । अहिले मोराहाङ वाहेक अन्य गाविस म्याङलुङ नगरपालीकामा समेटीएका छन् । पा“च सटर भएको पक्की भवन, दुई वटा ट्रष्ट, तरकारी धोएर सफा गर्ने पक्की ट्याङकी र फोहोर संकलन गर्ने भवन प्रयोग र सरसफाई अभावमा निर्माण सम्पन्न भएको चार वर्ष नवित्दै वर्षौ पुराना जस्ता देखीन थालेका छन् । भवनको अगाडी पटी गहिरो गरी कुलो खनीएकाले यि भवनको फाउण्डेसन समेत देखीने अवस्थामा पुगेका छन् ।

यही भवनमा अघिल्लो हिउदमा कृषि विकास कार्यालयले किसानले उत्पादन गरेका कृषि उपजको प्रदर्शनी आयोजना गरेको थियो । दुई दिन सम्म भएको प्रदर्शनी वाहेक अन्य गतिविधी यो भवनमा भएको छैन् । भवन संचालनमा ल्याएर कृषि उत्पादनहरुको हाट वजार लगाउन सके धेरै किसानलाई फाईदा पुग्ने कृषि विकास कार्यालयका वरिष्ठ कृषि विकास अधिकृत रोहिणीराज घिमिरेले वताए । निर्माण सम्पन्न भएका संरचना प्रयोगमा ल्याउन नसक्दा लागत समेत खेर जाने अवस्था आएको कार्यालयले जनाएको छ ।-

प्रकाश पाक्सावा

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget