Websoft University

www.radiomakalu.com || 021-522512


दक्षिणपूर्वी टर्कीमा ५.५ म्याग्निच्युडको भूकम्प


दक्षिणपूर्वी टर्कीमा ५.५ म्याग्निच्युडको भूकम्प
टर्कीको दक्षिणपूर्वी प्रान्त आदियमानमा बिहीबार ५.५ म्याग्निच्युडको भूकम्प गएको टर्कीको प्राकृतिक प्रकोप तथा सङ्कटकाल व्यवस्थापन अधिकारीले बताएका छन् । स्थानीय समयअनुसार बिहीबार २ बजेर ७ मिनेटमा गएको भूकम्पपछि ४.२ र ४.४ म्याग्निच्युडको दुई वटा पराकम्पनसमेत गएको उक्त विपद् व्यवस्थापन कार्यालयले जनाएको छ ।

आदियमानको सामसाट क्षेत्रमा रहेको जमिन सतहदेखि एघार दशमलव तीन किलोमिटर गहिराईमा केन्द्रविन्दू रहेको उक्त कार्यालयले जनाएको छ । भूकम्पका कारण भएको क्षतिका बारेमा समाचार सङ्कलन गर्ने समयसम्म क्षतिको कुनै सूचना आइनसकेको टर्की प्रशासनले जनाएको छ । रासस÷सिन्ह्वा

Labels:

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget