Websoft University

www.radiomakalu.com || 021-522512


राष्ट्रपति सीसँग गम्भीर छलफल गर्ने प्रधानमन्त्रीको घोषणा

राष्ट्रपति सीसँग गम्भीर छलफल गर्ने प्रधानमन्त्रीको घोषणा


काठमाडौं   चैत ८ गते ।  प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले चिनियाँ राष्ट्रपति सी जिनपिङसँग गम्भीर र महत्वपूर्ण विषयमा छलफल गरिने बताएका छन्। आफूले बिहिबारदेखि गर्न लागेको चीन भ्रमणबारे आफ्ना पार्टीका साँसदहरुलाई मंगलबार औपचारिकरुपमा जानकारी गराउने क्रममा प्रधानमन्त्री प्रचण्डले त्यस्तो धारणा व्यक्त गरेका हुन्।
भ्रमणका क्रममा चिनियाँ राष्ट्रपति सी जिनपिङसँग आफूले खुलेर छलफल गर्न लागेको जानकारी गराउँदै प्रधानमन्त्री प्रचण्डले भ्रमणको तयारी दुवै तर्फबाट पूरा भएको बताए। ‘चीन भ्रमणमा हाम्रो सम्मानमा कुनै कमी नराख्ने भनिएको छ। हाम्रो र उहाँहरुको तयारी पनि पूरा भएको छ। सहमति हुने विषयहरुमा पनि तयारी पूरा गरेर आउँछु भनेको छु,’ प्रधानमन्त्री प्रचण्डको भनाई उद्रित गर्दै माओावदी केन्द्रका सांसद डोरप्रसाद उपाध्यायले अन्नपूर्णसँग भने।
एनसेल प्रकरणमा जवाफ दिन लेखा समितिमा चीन भ्रमणबाट फर्केपछि आउने जानकारी पनि प्रधानमन्त्री प्रचण्डले समितिका सभापतिसमेत रहेका उपाध्यायलाई गराएका छन्। प्रधानमन्त्री प्रचण्डले गर्न लागेको एक साता लामो चीन भ्रमणको प्रतिनिधिमण्डल अझै टुंगिएको छैन।
चिनियाँ रक्षामन्त्रीसँग काठमाडौमा भेटेर प्रधानमन्त्री प्रचण्ड बिहीबार राति चीन प्रस्थान गर्न लागेका छन्। वान वेल्ट वान रोड चिनियाँ अवधारणामा सहमति जनाउने गरी प्रधानमन्त्री प्रचण्ड चीन भ्रमणमा जान लागेका छन्।-अन्‍नपूर्णपोस्ट बाट

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget