Websoft University

www.radiomakalu.com || 021-522512


सीमांकनबाहेकको संशोधन प्रस्ताव आए एमाले प्रक्रियामा सहभागी हुने


सीमांकनबाहेकको संशोधन प्रस्ताव आए एमाले प्रक्रियामा सहभागी हुने
काठमाडौं चैत ८ गते ।  प्रमुख प्रतिपक्ष एमाले प्रदेश सीमांकनबाहेकको संविधान संशोधन प्रस्ताव आए प्रक्रियामा सामेल हुने मनस्थितिमा पुगेको छ। तर, त्यसका लागि भने मधेसी मोर्चाले आफू चुनावमा सहभागी हुने प्रतिबद्धता जनाउनु पर्ने एमालेका एक नेताले बताए।
प्रदेशको सीमांकन हेरफेरको प्रस्ताव भने संविधान विपरीत भएको भन्दै एमाले त्यसलाई स्वीकार नगर्ने अडान राखेको छ। सोमबार भएको प्रमुख चार दलको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सीमांकनबाहेकका विषयमा सहमति जनाउन एमाले अध्यक्ष केपी ओलीलाई आग्रह गरेका थिए।
यसबारेमा पार्टीको बैठक राखेर छलफल गर्छु भन्दै ओली बालुवाटारबाट बाहिरिएका थिए। प्रधानमन्त्रीको प्रस्तावबारे छलफल गर्न ओलीले सोमबार साँझ स्थायी समितिको बैठक बोलाएका थिए। स्थायी समिति बैठकमा नेताहरुले मोर्चाले निर्वाचनमा आउने ग्यारेन्टी गर्नुपर्ने र संसदीय प्रक्रिया अनुसार पास फेल जे भए पनि मान्नु पर्ने अडान कुरा राखेका थिए। त्यसपछि पार्टीको सोही सन्देश लिएर अध्यक्ष ओली फेरि प्रधानमन्त्री निवास पुगेका थिए।
मोर्चाले चुनावमा भाग लिने प्रतिबद्धता जनाए संशोधन प्रस्तावको प्रक्रियामा आफूहरुले प्रमुख प्रतिपक्षी दलको हैसियतमा धर्म निर्वाह गर्ने कुरा प्रधानमन्त्री प्रचण्डसँग राखेको ति नेताले बताए। यसबारेमा ओलीले पहिले मधेसी मोर्चालाई मनाउन प्रधानमन्त्री प्रचण्डलाई आग्रह गरेको स्रोतले बतायो।- अन्नपूर्णपोस्ट बाट

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget