Websoft University

www.radiomakalu.com || 021-522512


प्रधानमन्त्री आज चीन जानुहुँदै

puspa kamal dahal prachanda_1

काठमाडौँ, चैत १० गते ।  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ बिहीबार १५ सदस्यीय टोलीसहित चीन भ्रमणमा जानुहुने भएको छ ।  एक साता लामो चीन भ्रमणमा प्रधानमन्त्री ‘प्रचण्ड’ले चिनियाँ राष्ट्रपति सी जिनपिङलाई भेट्ने कार्यक्रम छ ।  तर, भ्रमणमा कुनै सन्धि–सम्झौतामा भने हस्ताक्षर हुनेछैन ।
पराष्ट्रमन्त्री डा. प्रकाशशरण महतले बुधबार पत्रकार सम्मेलनमार्फत प्रधानमन्त्रीको चीन भ्रमणको कार्यक्रम सार्वजनिक गर्नुभएको हो ।  चीनको हाइनान प्रान्तको बोआओ सहरमा आयोजना हुन लागेको फोरमको वार्षिक सम्मेलन उद्घाटन समारोहमा सहभागी हुन प्रधानमन्त्री दाहाल चीन जाँँदै हुनुहुन्छ । puspa kamal dahal
परराष्ट्रमन्त्री डा. प्रकाशशरण महतले प्रधानमन्त्रीको चीन भ्रमणमा नेपाल–चीनबीच कुनै पनि सहमति र सम्झौतामा हस्ताक्षर नहुने बताउनुभयो ।  “यो भ्रमणमा कुनै सन्धि, सम्झौता, समझदारीमा हस्ताक्षर गर्ने कार्यक्रम छैन ।  द्विपक्षीय सम्बन्ध र सहायताका धेरै महŒवपूर्ण विषयवस्तुमा हाम्रा तर्फबाट तयारी पूरा भएको छ ।  निकट भविष्यमा यी विषयमा सहमति भएपछि हस्ताक्षर हुने हाम्रो विश्वास छ”, उहाँले भन्नुभयो ।
“हामीले चारपाँचवटा विषयमा गृहकार्य गरेका थियाँैं तर प्राविधिक कारणले अहिले सम्झौता नहुने भयो ।  दुई देशबीच विगतमा भएका सन्धि, सम्झौता कार्यान्वयनमा नेपाल सरकार पूर्ण प्रतिबद्ध छ”, उहाँले भन्नुभयो ।
परराष्ट्रमन्त्री डा. महतले चीनका प्रधानमन्त्री ली खछ्याङ र विदेशमन्त्री चीनबाहिर रहनुभएकाले अहिले कुनै सम्झौता नहुने स्पष्ट पार्नुभयो ।  उहाँका अनुसार नेपालले चीनसँग सम्झौताका लागि लगानी, अन्तरसीमा आर्थिक क्षेत्र लगायतका विषयमा गृहकार्य गरेको थियो ।
“उपयुक्त समयमा चीनसँग प्रसारण लाइन, लगानी, अन्तरसीमा आर्थिक क्षेत्र, एक क्षेत्र एक मार्ग (ओबीओआर) र कोदारी–रसुवागढी सडक १२ महिना सञ्चालन गर्नेगरी सम्झौता गर्नेबारे नेपालले गृहकार्य गरेको छ”, परराष्ट्रमन्त्री डा. महतले भन्नुभयो ।
पूर्व प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले चीनसँग गरेको सम्झौता कार्यान्वयन गर्न सरकार प्रतिबद्ध रहेको पनि भ्रमण टोलीका सदस्यमध्ये एक परराष्ट्रमन्त्री डा. महतले  बताउनुभयो ।  उहाँले केरुङ–काठमाडौँ रेल विस्तार, ओबीओआर, पारवहन लगायतका विषय अघि बढाउन वर्तमान सरकार पनि प्रतिबद्ध रहेको स्पष्ट पार्नुभयो ।
परराष्ट्रमन्त्री डा. महतले वर्तमान सरकारले केपी ओली नेतृत्वको सरकारले चीनसँग गरेको समझदारी कार्यान्वयनका लागि निरन्तर प्रयास गरिरहेको बताउनुभयो ।  “रेल ल्याउने समझदारी गर्नु र साँँच्चिकै रेल गुडाउनु अलग कुरा हो”, उहाँले भन्नुभयो ।

चीनमा प्रधानमन्त्रीको कार्यक्रम
चैत १० गते सुरु हुने बोआओ फोरमको सम्मेलन चैत १३ गतेसम्म सञ्चालन हुनेछ ।  त्यही कार्यक्रममा सहभागी हुन प्रधानमन्त्री प्रचण्ड बिहीबार चीन जाने कार्यक्रम छ ।  प्रधानमन्त्रीको भ्रमणदलमा पत्नी सीता दाहाल, पररराष्ट्र मन्त्री डा. प्रकाशशरण महत, परराष्ट्र सचिव शङ्करदास बैरागी तथा मन्त्रालयका उच्च अधिकारी छन् ।
बोआओमा रहँदा प्रधानमन्त्री दाहालले ११ गते चीनका उपप्रधानमन्त्रीलाई भेट्ने कार्यक्रम छ ।  उहाँले चैत १२ गते बोआओ फोरमलाई सम्बोधन गर्नुहुनेछ ।  बोआओ मञ्चको उद्घाटनलाई सम्बोधन गरेपछि त्यही दिन उहाँ बेइजिङका लागि प्रस्थान गर्ने कार्यक्रम छ ।
बेइजिङमा प्रधानमन्त्री प्रचण्डले चीनका राष्ट्रपति सी जिनपिङसँग शिष्टाचार भेट गर्ने कार्यक्रम छ ।  उहाँले चैत १३ गते नेपाल–चीन सम्बन्ध विषयमा बेइजिङ फरेन स्टडिज युनिभर्सिटीमा सम्बोधन गर्ने कार्यक्रम छ ।  विद्वान्, शिक्षाविद्, व्यवसायी तथा विद्यार्थीलाई सम्बोधन गरेपछि उहाँले विश्वविद्यालय परिसरमा स्थापित नेपाल अध्ययन केन्द्रको उद्घाटन गर्ने कार्यक्रम छ ।  सोही दिन उहाँले चिनियाँ व्यापारी समुदायलाई समेत सम्बोधन गर्नुहुनेछ ।
बेइजिङपछि प्रधानमन्त्रीको टोली तिब्बत पुग्ने कार्यक्रम छ ।  तिब्बत सरकारका नेतासँग त्यहाँ भेट गर्ने र नेपाल र तिब्बतबीच स्थानीय तहमा विद्यमान द्विपक्षीय संयन्त्रलाई थप क्रियाशील बनाउने विषयमा छलफल गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जानकारी दिएको छ ।  प्रधानमन्त्रीको टोली चैत १६ गते ल्हासाबाट स्वदेश फर्कने कार्यक्रम छ । -अजय शर्मा



Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget