Websoft University

www.radiomakalu.com || 021-522512


मुलुकको संवैधानिक संकट हटाउन भएपनि स्थानीय निकायको निर्वाचन आवश्यक



धरान  चैत्र १३ गते । नेपाल सरकारले स्थानीय निर्वाचनको मिति तोकिसकेको अवस्थामा पनि नेपाली जनतामा अझै अन्यौलता रहेको निष्कर्ष निकाल्दै राष्ट्रियनिर्वाचन पर्यवेक्षक समितिले विभिन्न स्थानमा गएर राय सल्लाह र छलफललाई केन्द्रित गरेको छ । यसै क्रममा समितिले धरानमा समेत राजनीतिक दलका प्रतिनिधि, बुद्धिजीवि, पत्रकार तथा निर्वाचनसंग सरोकार राख्ने सुरक्षा निकायसंग वृहत छलफलको आयोजना ग¥यो ।

विगत २६ बर्ष देखि नेपालको राजनीतिलाई नजिकबाट नियाल्दै आएको समितिले आयोजना गरेको कार्यक्रममा समितिका अ्रध्यक्ष सूर्यप्रसाद श्रेष्ठले स्थानीय निर्वाचन गरेर देशलाई संवैधानिक संकटबाट मुक्त गर्नुपर्नेमा जोड दिनुभयो । पूर्व प्रमुख निर्वाचन आयुक्त समेत रहनु भएका श्रेष्ठले २० बर्षसम्म स्थानीय निकायको निर्वाचन नहुदा मुलुक सर्वत्र तहसनहस भएको स्पष्ट धारणा राख्नुभयो ।

मुलुकमा दुई वटा संविधानसभाको निर्वाचन भइसक्दा पनि स्थानीय निर्वाचन प्राथमिकतामा नपर्नु विडम्बना भएको भन्दै अब निर्वाचन संगै संविधान संथागत गर्न सहयाग पुग्ने बताउनुभयो । यस्तै समितिका केन्द्रीय महासचिव गोपालकृष्ण शिवकोटीले संवैधानिक जटिलता हटाउन स्थानीय निकायको निर्वाचन अनिवार्य भएपनि जनताले भयरहित अवस्थामा मत हाल्न सक्ने वातावरण बनाउन सरकारले बनाउनुपर्नेमा जोड दिनुभयो ।

दुई दशकपछि हुन लागेको स्थानीय निर्वाचन भइरहित अवस्थामा हुनुपर्नेमा जोड दिनुभयो । निर्वाचनको सम्पूर्ण तयारी भइसकेकोले अब निर्वाचन भयरहित अवस्थामा हुने पूर्वाञ्चल क्षेत्रीय प्रशासक राजेश्वरमान सिंहले बताउनुभयो । उहाले पूर्वमा यसका लागि सम्पूर्ण तयारी भएको निर्वाचन सम्पन्न गर्न सबैलाई सहयोग गर्न आग्रह समेत गर्नुभयो ।

विगत २६ बर्षदेखि नेपालमा भए र हुने गरेका निर्वाचनको पर्यवेक्षण गदै आएको समितिले अहिले पनि ठाउँ ठाउँमा यस्ता कार्यक्रम गर्दै आएको छ । पहिलो र दोस्रो संविधानसभाको निर्वाचनमा समेत पर्यवेक्षक खटाएको यस समितिले पहिलो संविधानसभाका १४ हजार र दोस्रो संविधानसभामा १० हजार पर्यवेक्षक परिचालन गरेको थियो ।

चुनाव निष्पक्ष, धाललीरहित र भयरहित अवस्थामा होस् भन्ने उद्देश्यले देश देश व्यापी छलफलमा जुटेको समितिले धरानमा आयोजना गरेको कार्यक्रममा स्थानीय स्तरका राजनीतिक दलका प्रतिनिधि, धनकुटा, उदयपुर, मोरङ र सुनसरीका राष्ट्रिय पर्यवेक्षक समितिका सदस्यहरु, सञ्चारकर्मीहरुको उल्लेख्य उपस्थिति रहेको थियो ।- गोविन्द बस्नेत,पुर्बेलीन्युजबाट 

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget