Websoft University

www.radiomakalu.com || 021-522512


एमालेसहितको राष्ट्रिय सरकार बनाऔं– सञ्चारमन्त्री कार्की


एमालेसहितको राष्ट्रिय सरकार बनाऔं– सञ्चारमन्त्री कार्की

भक्तपुर, चैत ४ गते  । सरकारका प्रवक्ता एवम् सञ्चारमन्त्री राम कार्कीले प्रतिपक्षमा रहेको एमालेलाई सरकारमा आउन आह्वान गर्नुभएको छ । आज रफत सञ्चार क्लबमा आयोजना गरेको अन्तक्र्रिया कार्याक्रममा उहाँले भन्नुभयो — ‘संविधानको सफल कार्यान्वयनका लागि एमालेसहित मधेसवादी दल सरकारमा आउनुपर्दछ ।’

मन्त्री कार्कीले “एमाले र मधेशवादी दलसमेत सरकारमा आएर राष्ट्रिय सहमतिको सरकार बन्नसके संविधान कार्यान्वयन सहज र प्रभावकारी हुन सक्थ्यो भन्नुभयो ।” एमाले रचनात्मक प्रतिपक्षको भूमिका खेल्नुपर्नेमा जोड दिदैं उहाँले भन्नुभयो– “एमाले परम्परागत राष्ट्रवादको टोपी लगाएर आगामी चुनाव जित्न खोज्दैछ, परम्परागत टोपी खोलेर तराई, पहाड, हिमाल, सबै जातजाती, भाषा, धर्म अटाउने खुला टोपी लगाउन म एमालेलाई आग्रह गर्न चाहन्छु ।”

मन्त्री कार्कीले मधेसवादी दलले सरकारलाई दिएको समर्थन फिर्ता लिए पनि सरकारसँगको कनेक्सन छुटेको छैन बताउँदै “सरकारसँग मधेसी मोर्चाको संवाद, छलफल टुटेको छैन, संवाद अन्त्य भएको पनि छैन, मधेसवादी दल पनि निर्वाचनमा आउनुको विकल्प छैन भन्नुभयो ।”

संविधान संशोधनको विषयमा चर्चा गर्दै उहाँले ‘अबको चुनावमा आएर जनमत लिएर चुनाव जितेर आफूले चाहे जस्तो संविधान संशोधन गर्न सुझाव दिनुभयो । मन्त्री कार्कीले भन्नुभयो–“नेताहरुले यति लाख जनताको माग भन्दै ‘इमोस्नल वार्गेनिङ’ गर्दै आएका छन्, त्यसरी होइन, यो जिउँदो संविधान हो, संशोधन गर्न सकिन्छ, भने जस्तै गरी जनताको अभिमत जितेर संसद्बाटै आफूले भनेजस्तै गरी संविधान संशोधन गर्नुस् ।”

गाउँगाउँमा चुनावको माहौल बनेको बताउँदै उहाँले भन्नुभयो–“निर्वाचन हुन्न कि भनेर शङ्का नगर्नुस्, सिंहदरबारमा झुम्मिने नेता र जनता निर्वाचनका लागि गाउँ÷गाउँ पुगिसकेका छन्, अब निर्वाचन हुन्छ ।”

एनसेल प्रकरणकाबारेमा मन्त्री कार्कीले कर छुट दिनेबारेमा मन्त्री परिषद्मा कुनै निर्णय नभएको बताउँदै मोफसलमा रहेका साना लगानीका पत्रपत्रिकालाई न्यूनतम पारिश्रमिक दिनसक्ने बनाउन सरकारले आवश्यक सुविधा दिन पहल गरेको र न्यूनतम पारिश्रमिक कार्यान्वयन नभएका ठूला मिडियामा भने कडाइका साथ यसलाई लागू गर्ने धारणा व्यक्त गर्नुभयो । रासस

  

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget