Websoft University

www.radiomakalu.com || 021-522512


काँग्रेस बैठक चैत १० मा



kangrsh
काठमाडौँ,  चैत ५ गते ।  नेपाली काँग्रेस केन्द्रीय कार्यसमितिको बैठक यही चैत १० गते बिहान ८ः३० बजे पार्टीको केन्द्रीय कार्यालय सानेपामा बस्ने भएको छ ।  बैठकमा संविधान संशोधन, आशन्न स्थानीय तहको निर्वाचनमा पार्टीको तयारीलगायत समसामयिक राजनीतिक विषयमा छलफल हुने पार्टीका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिनुभयो ।
पार्टीको महाधिवेशन भएको एक वर्षसम्म पनि पदाधिकारी, बाँकी सदस्य मनोनयन र विभाग गठन नभएकामा नेतृत्वको आलोचना हँुदै आएको छ ।  पार्टीले शुक्रवार नै एक विज्ञप्तिमार्फत काँग्रेस स्याङ्जाका पूर्वमहाधिवेशन प्रतिनिधि मोहनीप्रसाद पौडेलको निधनप्रति दुःख व्यक्त गरेको छ ।  स्व पौडेल ब्रेन ट्युमरको समस्याबाट पीडित हुनुहुन्थ्यो ।  काँग्रेस जिल्ला कार्यसमिति स्याङ्जाको पूर्वसदस्यसमेत रहनुभएका स्व पौडेलले नेपाली काँग्रेसको सङ्गठन विस्तार तथा नेपालमा लोकतन्त्र स्थापना र पुनःस्थापनामा सक्रिय भूमिका निर्वाह गर्नुभएको थियो ।                                            

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget