Websoft University

www.radiomakalu.com || 021-522512


झापामा १५ मुख्य निर्वाचन केन्द्र

झापामा १५ मुख्य निर्वाचन केन्द्र

झापा, फागुन २९ गते । आसन्न स्थानीय तहको निर्वाचनका लागि जिल्लामा भएका १५ स्थानीय तहमा सबैमा मुख्य निर्वाचन केन्द्र तोकिएको छ । निर्वाचन अधिकारी गोपाल आचार्यका अनुसार जिल्लाका आठ नगरपालिका र सात गाउँपालिकामा निर्वाचन केन्द्र तोकिएको हो, जसमा एक सय ३१ वटा वडा रहेको जिल्ला निर्वाचन कार्यालय झापाले जनाएको छ ।

ती केन्द्रमध्ये नगरपालिकामा मेचीनगरं, दमक, भद्रपुर, बिर्तामोड, शनिअर्जुन, कनकाई, शिवसताक्षी र गौरादह केन्द्र हुने छन् । त्यस्तै गाउँपालिकामध्ये कमल गाउँपालिकामा तोपगाछी र गौरीगन्ज केन्द्र, बारदशीमा चकचकी, झापा गाउँपालिकामा टाँघनडुब्बा, बुद्धशान्ति गाउँपालिकामा बुधबारे, हल्दिबारी गाउँपालिकामा जलथल र कचनकवल गाउँपालिकामा बनियानी गाविस केन्द्र तोकिएको कार्यालयले जनाएको छ । गत संविधानसभा निर्वाचन जिल्लामा चार लाख ५४ हजार चार सय ७६ मतदाता, दुई सय ७६ निर्वाचनस्थल र सात सय ५५ निर्वाचन केन्द्र थिए । रासस

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget