Websoft University

www.radiomakalu.com || 021-522512


चिनियाँ रक्षामन्त्री र प्रधानसेनापतीबीच भेटवार्ता



काठमाडौं,चैत ११ गते । तीन दिने नेपाल भ्रमणमा रहेका चिनियाँ रक्षामन्त्री च्याङ वानग्वाइन र प्रधानसेनापति राजेन्द्र क्षत्रीबीच भेटवार्ता भएको छ ।


सैनिक मूख्यालय जंगीअड्डामा भएको भेटमा नेपाली सेना र चिनियाँ जनमुक्ति सेनाबीचको लामो सम्बन्धका बारेमा चर्चा भएको सैनिक जनसम्पर्क निर्देशनालयले जनाएको छ ।

चिनियाँ रक्षा मन्त्री च्याङले प्रधानसेनापती क्षत्रीलाई भेट्नु अघि सैनिक मञ्चस्थित वीर स्मारकमा माल्यार्पण गरेका थिए ।

चिनियाँ सेनाले नेपाली सेनालाई सैनिक सहयोग उपलब्ध गराउँदै आएको छ । यसअघि चीनले नेपाली सेनालाई ८४ करोड मूल्य बराबरको विभिन्न सैन्य समाग्री उपलब्ध गराएको थियो ।

प्रधानसेनापती राजेन्द्र क्षेत्रीले पनि एक वर्ष अघि चिन भ्रमण गरेका थिए । चिनियाँ रक्षा मन्त्री स्तरको भ्रमण भने १६ वर्ष पछि जुरेको हो ।-अनलाइनखबरबाट 

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget