Websoft University

www.radiomakalu.com || 021-522512


सैनिक प्रवक्ताको जिम्मेवारी सहायक रथी कडायतलाई



काठमाडौं, चैत ११ गते । नेपाली सेनाले नयाँ प्रवक्ताको जिम्मेवारी सहायक रथी झंकरबहादुर कडायतलाई दिएको छ ।


सैनिक जनसम्पर्क निर्देशनालयका अनुसार शुक्रबारदेखि कडायतले प्रवक्ताको जिम्मेवारी सम्हालेका हुन् ।

यसअघि प्रवक्ताको जिम्मेवारी सम्हालेका ताराबहादुर काकी मानार्थ उपरथीमा बढुवा भएपछि कडायतले नयाँ जिम्मेवारी पाएका हुन् ।

करिब १८ महिना सैनिक प्रवक्ताको रुपमा जिम्मेवारी सम्हालेका मनार्थ उपरथी कार्कीले यसै साता ३५ वर्षे सैनिक सेवाबाट अवकाश पाउँदैछन् ।

त्यस्तै नयाँ जिम्मेवारी सम्हाल्न आइपुगेका सहायक रथी कडायतले पनि नेपाली सेनामा ३१ वर्ष सेवा गरिसकेका छन् । पाकिस्तानबाट नेश्नलडिफेन्स कोर्स गरेका कडायतले भारतस्थित नेपाली दूतावासमा ३ वर्ष सैनिक सहचरीको रुपमा काम गरेका थिए ।-अनलाइनखबरबाट

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget