Websoft University

www.radiomakalu.com || 021-522512


पशुपति क्षेत्रमा भू–स्खलन, मन्दिर भासिने खतरा



काठमाडौं , चैत्र १६ गते । संसारभरका हिन्दू धर्मावलम्बीको सबैभन्दा ठूलो धार्मिक आस्थाको केन्द्र पशुपतिनाथ मन्दिर वरपरको जमिन विस्तारै खस्कँदै गएको र यसबाट कालान्तरमा मन्दिर भासिने खतरा भएको भूगर्भविद्हरूले गरेको एक अध्ययनले देखाएको छ ।

पशुपतिनाथको पूर्व ढोका (आर्यघाटबाट मन्दिर पस्ने भर्याङ) रहेको जमिनको सतहमा भू–स्खलन विस्तारै बढ्दै गएको र समयमै ध्यान नपुर्याउने हो भने यसले मन्दिरलाई असर पार्नसक्ने सो अध्ययनमा संलग्न भूगर्भविद् प्रोफेसर रञ्जन कुमार दाहालले बताएका छन् ।

कल्की मन्दिर माथिको जमिन अलिकति भासिनाले केही वर्षअघि पशुपति मन्दिरभित्रबाट बागमती देखिने प्लेटफार्म मर्मत पनि गरिएको थियो ।
पशुपति मन्दिर परिसरको जमिनमा केही चिरा देखिएकाले पनि भू–स्खलन बढेर जाने सम्भावना देखिएको दाहालले बताए ।

त्रिभुवन विश्वविद्यालयका भूगर्भशास्त्रका प्रोफेसर दाहालसहितको तीन जनाको टोलीले विगत दश वर्षदेखि यो क्षेत्रको अनुसन्धान गरिरहेको छ । सो टोलीको अध्ययनअनुरूप मन्दिर वरपरको क्षेत्रको जमिनको सतहभन्दा तल पहिरो जान थालेको र त्यसले गर्दा सतहमा पनि चिरा देखिएको छ ।

“हामीले विगत एक दशकदेखि पशुपति, स्वयम्भू र चाँगुनारायण क्षेत्रको भौगोलिक स्थितिबारे अनुसन्धान एवं निरीक्षण गरिरेहका छौं । पशुपति क्षेत्रको मात्रै कुरा गर्ने हो भने पशुपति मन्दिरको पूर्वी प्रवेशद्वार (आर्यघाटबाट छिर्न सकिने, भर्याङ भएको क्षेत्र) को माटो निकै अस्थिर भएर भू–स्खलन भइरहेको छ भने जमिन पनि चर्किएको छ,” दाहालले भने ।

स्लेषमान्तक वनभन्दा तल रहेका शिवलिङ्गहरु पनि जमिनको सतहभन्दा तल गइरहेको र पहिरोका कारण अस्वाभाविक रूपमा उकासिएको विज्ञहरुको दाबी छ । जमिनको सतहमा परेको चिराका कारण ती चिराबाट पानी भित्र पसेको र कमजोर बनेको जमिन आफैं स्खलित भइरहेको विज्ञहरुले बताएका छन् ।

जमिन स्खलित भइरहेको भए पनि अहिलेको लागि खतरा मध्यम स्तरमा रहेको र चाँडो भन्दा चाँडो क्षति रोक्ने उपाय अपनाउन सुझाव विज्ञले दिएका छन् ।

मन्दिरभित्र भक्तहरुले चढाएको जल र दूध वासुकी मन्दिर मुनिबाट जाने ब्रम्हनालबाट बागमती नदीसम्म बगेर जान्छ । ब्रम्हनाल दुई ढुंगाको माथि स्लेट राखेर जल र दूध बहनको लागि सहज बनाइएको जल प्रणाली हो । “पशुपति वरपरको बलौटे र गिलो माटो ब्रम्हनालबाट निस्कने पानी र दूधसँगै बगिरहेको छ,” दाहालले भने ।

- बाह्रखरीबाट

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget