काठमाडौं , चैत्र १७ गते । एसीसी इमर्जिङ कपमा नेपाल र हङकङ अहिले भिडिरहेका छन् । टस जितेर नेपालले फिल्डिङ रोजेको छ ।
यो समाचार तयार पार्दासम्म हङकङले ७ ओभरमा विना विकेटको क्षतिमा ३० रन बनाएको छ ।
नेपाली टोलीमा आज पनि केही परिर्वतन छ । ओपनर सुनिल धमलालाई ड्रप गरिरहेको छ भने आरिफ शेखलाई टिममा ल्याइएको छ । महबुब आलमको स्थानमा सुसन भारीलाई खेलाइएको छ ।
सागर पुन आज पनि टिममा छैनन् ।
नेपाल र हङकङ दुबै समूह चरणबाटै बाहिरिसकेका छन् । आजको खेल दुबैका लागि प्रतिष्ठाको लडाई हो । साथै विश्व क्रिकेट लिग च्याम्पियनसिपमा अब नेपाल र हङकङ खेल्ने भएकाले आजको खेल दुबै टोलीका लागि एक अर्काको कमजोरी थाहा पाउने उपयुक्त अबसर समेत हो ।
Post a Comment