Websoft University

www.radiomakalu.com || 021-522512


निर्वाचन आयोगले भन्यो- अब स्ववियु चुनाव गर्न पाइँदैन



आरआरको स्ववियु चुनाव स्थगित गर्ने तयारी

काठमाडौं,फागुन २२ गते । निर्वाचन आयोगले स्ववियु चुनाव नगराउन निर्वाचन आयोगलाई निर्देशन दिएको छ । आयोगको यो निर्देशन पछि आरआर क्याम्पसमा सोमबार हुन लागेको स्ववियु चुनाव पनि अनिश्चित भएको छ ।

निर्वाचन आयोगले आइतबार त्रिभुवन विश्वविद्यालयलाई पत्र लेख्दै अब स्ववियु चुनाव गर्दा निर्वाचन आचारसंहिता उल्लंघन हुने स्पष्ट पारेको छ ।


शिक्षाध्यक्षलाई सम्बोधन गर्दै आयोगले लेखेको पत्रमा भनिएको छ, ‘निर्वाचन आचारसंहिता २०७२ र स्थानीय तह निर्वाचन आचारसंहिता २०७३ कार्यान्वयनका सम्बन्धमा आयोगबाट मिति २०७३/११/२२ मा विश्व विद्यालय, विद्यालय व्यवस्थापन समिति र नेपाल सरकारको स्वामित्वमा रहेको पेशागत संघ संगठनहरुको पूर्वनिर्धारित कार्यतालिका बाहेकका निर्वाचन नगर्न, नगराउन नेपाल सरकारलाई निर्देशन दिने नीतिगत निर्णय भएको हुँदा सोही व्यहोरा जानकारीका लाणि निर्णयानुसार अनुरोध छ ।’

हेर्नुहोस् आयोगको पत्र 



यही फागुन १८ गते त्रिभुवन विश्वविद्यालयका आंगिक र सम्बन्धनप्राप्त क्याम्पसहरुमा स्ववियु निर्वाचन भएको थियो । त्रिविका ६० आंगिक क्याम्पसहरुमध्ये २१ क्याम्पसमा मात्रै फागुन १८ गते स्ववियु चुनाव भएको थियो ।

विद्यार्थी संगठनहरुको सहमति नजुटेकाले काठमाडौं उपत्यकासहित देशका ठूला क्याम्पसहरुमा भने चुनाव भएको छैन । निर्वाचन आयोगको आइतबारको पत्रले अब ति क्याम्पसहरुमा स्ववियु चुनाव हुनेछैन । आरआर क्याम्पसमा पनि सोमबारका लागि तय गरिएको चुनाव स्थगित गर्ने तयारी भइरहेको छ ।

आरआर क्याम्पसमा स्ववियु चुनावका लागि अनेरास्ववियु र अखिल क्रान्तिकारीको उम्मेदवारी दर्ता भएको छ । तर, नेविसंघले आफूहरुलाई निषेध गरिएकाले उम्मेदवारी दर्ता गर्न नपाएको गुनासो गरेको छ ।

माओवादी केन्द्र निकट अखिल क्रान्तिकारीसहित, नयाँ शक्ति, संघीय समाजवादी निकट विद्यार्थी संगठनले नेविसंघ लगायत सबै विद्यार्थीहरुलाई समेटेर स्ववियु चुनाव गराउन माग गर्दै ज्ञापनपत्र बुझाएको छ । अनेरास्ववियुले तीन-चार दिनदेखि क्याम्पसलाई व्यारेक जस्तो बनाएको र अन्य विद्यार्थी संगठनलाई निषेध गरेको भन्दै सहमतिमा चुनावको नयाँ तालिका सार्बजनिक गर्नुपर्ने क्रान्तिकारीको माग छ । साथै स्ववियुको विनियममा सबै विद्यार्थी संगठनको सहमतिमामात्रै चुनाव गराउन पाइने व्यवस्थातर्फ पनि ध्यानाकर्षण गराइएको छ ।

रत्नराज्यमा अनेरास्ववियुका टपेन्द्र शाही र अखिल क्रान्तिकारीका ध्रुवराज वाग्लेले स्ववियु चुनावमा उम्मेदवारी दर्ता गराएका छन् ।-अनलाइनखबर

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget