Websoft University

www.radiomakalu.com || 021-522512


यी हुन् पाठेघर क्यान्सरको प्रारम्भिक लक्षणः कसरी बच्ने ?



अक्सर महिलाहरु पाठेघर क्यान्सरको जोखिममा हुन्छन् । यद्यपी यसलाई प्रारम्भिक अवस्थामै पत्तो लगाउन सकियो भने उपचार संभव हुन्छ । त्यसैले महिलामा हुने केही त्यस्ता लक्षण छन्, जसले पाठेघर क्यान्सरको संकेत गर्छ । यदि त्यस्तो संकेत देखापरेमा सर्तक रहनुपर्छ । र, चिकित्सकिय परामर्श लिनु पर्छ ।

कसरी पत्ता लाग्छ ?


केही यस्ता मेडिकल परीक्षण एवं स्त्रिmनिङ हुन्छ, जसले पाठेघरको अवस्थाबारे जान्न सकिन्छ । त्यसमा क्यान्सरको संक्रमण छ/छैन भन्ने कुरा थाहा पाएपछि सोही अनुरुप उपचार बिधी अपनाउन सकिन्छ ।

प्रौढ उमेरकालाई बढी संभावना

पाठेघर क्यान्सरको संभावना प्रौढ उमेरकालाई बढी हुन्छ । खासगरी ५० बर्ष उमेर नाघेका महिलाहरु पाठेघर  क्यान्सरको जोखिम बर्गमा पर्छन् । यसले अन्डाशयको केहि भागलाई प्रभावित बनाउन सक्छ । महिलाको अन्य क्यान्सरको तुलनामा यो बढी घातक मानिन्छ ।

किन हुन्छ ?

पाठेघरको क्यान्सर किन हुन्छ ? ठ्याक्कै एउटैमात्र कारण छैन । पारिवारिक पृष्टभूमि पनि यसमा जिम्मेवार रहन्छ । यो बंशानुगत रुपमा अर्को पुस्तामा आउन सक्छ । उच्च रक्तचाप, मधुमेह, एचआइभी संक्रमण, बाँझोपन, यौन गतिविधि आदिले पाठेघरको क्यान्सर हुनसक्छ । त्यस्तै ५० बर्षपछि अर्थात मासिक श्राव बन्द भैसकेपछि पन रगत बग्नु, अनियमित मासिक श्राव, धुम्रपान लगायत अस्वास्थ्यकर जीवनशैलीको कारण पाठेघर को क्यान्सर हुनसक्छ ।

कसरी थाहा पाउने ?

पाठेघरको लक्षण तुरुन्तै देखिदैन । त्यसैले यसलाई साइलेन्स किलर पनि भनिन्छ । निम्न संकेतहरु छन्, जसले पाठेघर  क्यान्सरको प्रारम्भिक लक्षण देखाउँछ ।

–    कष्टप्रद संभोग

–    पिसाबसम्बन्धी आनीबानीमा परिवर्तन

–    मासिकश्राव पछि पनि रगत आउनु

–    सास फेर्न गाह्रो हुनु

–    सधै थकित महसुष हुनु

–    दिसा गर्ने बानीमा परिवर्तन हुनु

–    कम्मर दुख्नु

–    पेट चाढै भरिनु

–    पेट फुलिनु

–    तौल घट्नु

के छ उपचार

पाठेघर  क्यान्सरबाट बच्ने प्राथमिक बिधी भनेको स्वास्थ्यकर जीवनशैली हो । सकेसम्म यस रोग लाग्न दिनहुन्न । यदि प्रारम्भिक अवस्थामा रोग पत्ता लगाइयो भने उपचार संभव छ । संक्रमित अंगलाई शल्यक्रियाद्वारा पनि उपचार गर्न सकिन्छ ।

यसको लक्षण देखा परेमा प्याप स्मीयरद्वारा जाँच गर्न सकिन्छ । यदि रोग लागिसकेको अवस्थामा चिकित्सकिय उपचार बिधीबाट यसको निदान खोज्न सकिन्छ ।-अनलाइनखबर

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget