Websoft University

www.radiomakalu.com || 021-522512


चीन जानुअघि मोर्चासँग सहमति गर्ने प्रधानमन्त्रीको प्रयास, ओली र यादवसँग छलफल

आजै बेलुका बालुवाटारमा प्रमुख दलवीच वार्ता हुने


काठमाडौं ,चैत १० गते। प्रधानमन्त्री प्रचण्डले विहीबार साँझ चीन प्रस्थान गर्नुअघि नै मधेसी मोर्चासँग लिखित सहमतिपत्रमा हस्ताक्षर गर्ने प्रयास अघि बढाएका छन् । यसका लागि सिंहदरबारमा मधेसी मोर्चा र एमालेका नेताहरुसँग प्रधानमन्त्रीले बेग्लाबेग्लै छलफल गरेका छन् ।


मोर्चाका नेताहरुसँगको छलफलपछि प्रधानमन्त्रीले एमाले नेताहरुसँग छलफल गरेका छन् ।

प्रधानमन्त्रीसँगको छलफलपछि मधेसी मोर्चाका नेताहरु पनि आन्तरिक बैठकमा जुटेका छन् ।

दिल्लीबाट आजै फर्किएका मधेसी गठबन्धनका नेता उपेन्द्र यादवले विहीबार अपरान्ह सिंहदरबारस्थित सभामुखको कार्यकक्षमा प्रधानमन्त्री प्रचण्डसँग छलफल गरेका हुन् । सो छलफलमा मधेसी मोर्चाका नेता राजेन्द्र महतोलगायत सहभागी थिए ।

यादव र महतो प्रधानमन्त्रीसँगको छलफल सकेर बाहिरिनासाथ प्रधानमन्त्री प्रचण्डले एमाले अध्यक्ष केपी ओली र उपाध्यक्ष बामदेव गौतमसँग छलफल थालेका छन् ।

सभामुख ओनसरी घर्ती भने रोल्पामा भएकाले शीर्ष नेताको बैठकमा सहभागी छैनन् ।

यसैवीच मोर्चा र अन्य दलसँग बेग्लाबेग्लै छलफल गरिसकेपछि विहीबार साँझ नै बालुवाटारमा मोर्चा, एमाले र सत्तापक्षका नेताहरुको संयुक्त बैठक बोलाइएको प्रधानमन्त्रीको सचिवालयले अनलाइनखबरलाई जानकारी दियो ।

सो बैठकमा मधेसी मोर्चासँग लिखित सहमतिपत्रमा हस्ताक्षर गर्ने प्रधानमन्त्रीको योजना छ ।-अनलाइनखबर


Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget