काठमाडौं,चैत ९ गते । सेवाग्राहीसँग घुस लिएको अभियोगमा यातायात व्यवस्था बिभाग मिनभवनका शाखा अधिकृत अर्जुनप्रसाद रिजालबिरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान अयोगले बिशेष अदालतमा मुद्धा दायर गरेको छ ।
मोटर ड्राइभिङ इन्स्िटच्युड दर्ता गर्ने प्रायोजनमा सेवाग्राहीसँग २५ हजार घुस लिँदैगर्दा अधिकृत रिजाललाई अख्तियार केन्द्रीय कार्यालय टंगालबाट खटिएको टोलीले नियन्त्रणमा लिएको थियो ।
अख्तियारले आज जारी गरेको बिज्ञप्तिमा रिजालबिरुद्ध २५ हजार बिगो दावीसहित बिशेष अदालतमा मुद्धा दायर गरिएको छ ।-अनलाइनखबरबाट
Post a Comment