एसीसी इमर्जिङ नेशन्स कप क्रिकेट अन्तर्गत अफ्नो दोस्रो खेलमा बंगलादेशले दिएको २५८ रनको लक्ष्य पछ्याएको नेपालले दोस्रो ओभरमै पहिलो विकेट गुमाएको छ ।
दोस्रो ओभरको अन्तिम बलमा बंगाली बलर अइफ उद्धिनको बलमा ओपनर तथा कप्तान ज्ञानेन्द्र मल्ल आउट भएका हुन् । उनले १० बलको सामना गरेपनि रनको खाता खोल्न सकेनन् ।
नया ब्याट्सम्यानको रुपमा आसिफ शेख क्रिजमा आएका छन् ।-अनलाइनखबरबाट
Post a Comment