Websoft University

www.radiomakalu.com || 021-522512


आरआर क्याम्पस अगाडि पत्रकारलाई लक्षित गरी पेट्रोल बम प्रहार



आरआर क्याम्पस अगाडि पत्रकारलाई लक्षित गरी पेट्रोल बम प्रहार

काठमाडौं चैत १५ गते । काठमाडौंको प्रदर्शनीमार्गस्थित रत्नराज्य लक्ष्मी क्याम्पस अगाडि पत्रकारलाई लक्षित गरेर पेट्रोल बम प्रहार भएको छ।

रत्नराज्य लक्ष्मी क्याम्पसमा भइरहेको स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनको विरोधमा उत्रिएको नेकपा माओवादी केन्द्र निकट अखिल क्रान्तिकारीका कार्यकर्ताले पत्रकारलाई लक्षित गरेर पेट्रोल बम प्रहार गरेका हुन्।

क्रान्तिकारीका कार्यकर्ताले प्रहार गरेको पेट्रोल बम फोटो पत्रकार क्लबका महासचिवसमेत रहेका अनलाइनखबरका फोटो पत्रकार श्रीधर पौडेल र दी काठमान्डू पोष्टका फोटो पत्रकार केशव थापाको खुट्टामा लागेको थियो। प्रहरी र अखिल क्रान्तिकारीका कार्यकर्ताबीच भएको झडपको फोटो खिचेर बसिरहेका बेला एक्कासी आफूहरुमाथि पेट्रोल बम प्रहार भएको फोटो पत्रकार पौडेलले बताए।



उनका अनुसार अखिल क्रान्तिकारीका एकजना कार्यकर्ताले फोन गरेर विरोध प्रदर्शनमा उत्रिएको अखिल क्रान्तिकारीका कार्यकर्ताहरुको भिडमा नआउन भनेको केहीबेरमै पेट्रोल बम प्रहार भएको हो।



रत्नराज्य लक्ष्मी क्याम्पसमा भइरहेको स्ववियु निर्वाचन माओवादीको विद्यार्थी संगठन अखिल क्रान्तिकारीले भने बहिष्कार गरेर त्यसको विरोधमा उत्रिएको छ। प्रहरीको उच्च सुरक्षामा मतदान भइरहेको छ।-अन्नपूर्णपोस्ट बाट 

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget